सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • चुनावको मुखमा एमालेमा ‘१० भाइ’ को छैन अत्तोपत्तो, ओलीले नवप्रवेशीलाई मात्र टिकट दिने
समाचार

चुनावको मुखमा एमालेमा ‘१० भाइ’ को छैन अत्तोपत्तो, ओलीले नवप्रवेशीलाई मात्र टिकट दिने

काठमाडौं ।

स्थानीय तहको निर्वाचन आउन अब ४५ दिन पनि बाँकी छैन । सबै दल निर्वाचन अभियानमा लागेका छन् ।

विज्ञापन

नेपाली कांग्रेसले आफ्ना सबै केन्द्रीय सदस्यलाई चुनावी अभियानमा खटाएको छ । तर, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी भने शीर्ष नेतामै भर परेको छ । अझ एमाले र माओवादी केन्द्र त अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डमै भर परेको छ ।

विज्ञापन

अहिले ओली र प्रचण्ड देशव्यापी रूपमा खटिएका छन् । ओली र प्रचण्डलाई अरु नेताले भोट बढाउँछन् भन्ने विश्वास छैन । दुवै दलमा नेताहरू अदलबदल भएकाले पनि उनीहरू अरुसँग भर नपरेका हुन् ।

 

एमाले आन्तरिक रूपमा आफूलाई बलियो भएको दम्भ पालेर बसिरहेको छ । त्यही भएर ओलीलाई ‘वान मेन शो’ को ढंगले अघि बढाएको छ ।

ओली अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशतिर चुनावी अभियानमा केन्द्रित भएका छन् । तर उनले अरुलाई मौका दिएका छैनन् ।

एमालेमा सबैभन्दा बिजोग त हिजो आफूलाई ‘१० भाइ’ भन्नेको भएको छ । भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, रघुजी पन्तलगायत को कता छन् भन्ने अत्तोपत्तो छैन ।

उनीहरू अहिले चुनावी अभियानबाटै बेपत्ता भएका छन् । अहिले एमालेमा निरंकुश शासन चलेको छ । ओलीले जे बोल्छन् त्यही मात्र हुन्छ ।

चुनावको मुखमा विरोध गरौं भोलि टिकट नपाइएला भन्ने पिरले पनि एमालेका युवा नेताहरू मौन बसेका हुन् । ओली अहिले अरु दलका नेता र जनप्रतिनिधिलाई पार्टी प्रवेश गराएर उनीहरूलाई नै चुनावमा टिकट दिने मनस्थितिमा छन् ।

त्यही भएर अहिले एमालेमा भित्रभित्रै उकुसमुकुस हुनेको संख्या बढ्दो क्रममा छ । पार्टीलाई जिताउने नाममा ओलीले माओवादी केन्द्र, जसपा, लोसपाबाट आएकालाई टिकट दिने तयारी गरेपछि एमालेमा २०औं वर्षसम्म राजनीति गर्ने नेता कार्यकर्ता असन्तुष्ट भएका हुन् । यसको असर आगामी निर्वाचनमा देखिने बताइन्छ ।मिडिया डबलीबाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस