नायिका आँचल शर्माले २ बर्ष अगाडि बिहे गरिन् । प्रेमी उदिप श्रेष्ठसँग बिहे गरे लगतै आँचल लकडाउनका कारण घरमै बस्नुपर्यो । तर, कोरोना महामारी कम भएपछि आँचल फेरि काममा फर्किएकी छिन् । बिहे भएको २ बर्ष भएपछि आँचललाई आमा कहिले बन्ने भन्ने प्रश्न सोझिन थालेको छ । आँचलले बिहे गरेको बर्ष नै बिहे गरेका नायिकाद्धय ऋचा शर्मा र प्रियंका कार्की आमा बनेपछि आँचललाई पनि यो प्रश्न आउने नै भयो ।
तर, आँचलले बारम्बार आफू अहिले नै आमा नबन्ने बताउँदै आएकी छिन् । बरु, आँचल आफ्नो फिगर मेन्टेन गर्नमा व्यस्त छिन् । एक अन्तरवार्ताका क्रममा आँचलले आफूलाई आमा बन्न मन लागेको बताइन् । एक नारीका लागि आमा बन्नु संसारकै सबैभन्दा ठूलो उपहार हुने भन्दै उनले आफूलाई पनि रहर लागेको बताइन् । उसो भए, आँचललाई आमा बन्न कसले रोक्यो त ?
विज्ञापन
आँचलका अनुसार, उनका श्रीमान् उदिप श्रेष्ठ अहिले नै सन्तान जन्माउने पक्षमा छैनन् । उनी, आँचललाई ५ बर्ष यो बिषयमा नसोच्न र करिअरमा नै फोकस हुन भनिरहेका छन् । यसकारण, आँचलले पनि सन्तानको योजना तत्काल नगर्ने बताउँदै आएकी हुन् ।
विज्ञापन
आँचलले भनिन्–‘सन्तानको बिषयमा उदिपजी नै तयार हुनुहुन्न । उहाँले मलाई ५ बर्ष करिअरको बारेमा मात्र सोच, सन्तानको बिषयमा नसोच भन्नुहुन्छ । यसैले, पनि अहिले हामीले योजना नबनाएका हौं ।’ आँचल नयाँ फिल्म ‘बर एण्ड बधु’को तयारीमा छिन् । मिलन चाम्सको निर्देशनमा बन्न लागेको यो फिल्मका लागि आफूले तौल घटाइरहेको आँचल बताउँछिन् ।
फेसबुक प्रतिक्रियाहरु