आइतवार, मंसिर १६, २०८१
  • होमपेज
  • समाचार
  • राजनीतिक आडमा सेन्ट्रल कलेजको दादागिरी, विज्ञापन कर तिर्न आनाकानी
समाचार

राजनीतिक आडमा सेन्ट्रल कलेजको दादागिरी, विज्ञापन कर तिर्न आनाकानी

चितवन ।

भरतपुर महानगरपालिका र प्रनिश कन्स्ट्रक्सन विच विज्ञापन कर उठाँउदा विवाद सृजना भएको छ । भरतपुर महानगरपालिका क्षेत्रभित्र परिचय पाटी, होडिङ वोर्ड, फ्लेक्स वोर्ड, डिजिटल वोर्ड लगायतमा विज्ञापन कर उठाउन सम्झौता भए अनुसार कन्स्ट्रक्सनले कर उठाउदै आएको सेन्ट्रल कलेज जस्तो केहि संस्थालदे राजनीतिक पहुँचको आडमा दम्भ देखाउदा विवाद सृजना भएको हो ।

विज्ञापन

राजनितिक पहुँच देखाउदै कर नतिर्ने सेन्ट्रल कलेजका संचालक यज्ञविलास पौडेलको कारण विवाद सिर्जना भएको कर उठाउने प्रनिश कन्स्ट्रक्सनले आरोप लगाएको छ ।

विज्ञापन

 

सेन्ट्रल कलेजका संचालक पौडेलले राजनैतिक आडम्बरमा कर नतिर्ने भनि धम्काँउदा प्रनिश कन्स्ट्रक्सनका कर्मचारीहरुबाट वोर्ड निकाल्न खोज्दा च्यातिएको प्रनिश कन्स्ट्रक्सनका प्रोपाईटर पदम अधिकारीले जारी विज्ञप्तिमा भनिएको छ ।

विभिन्न संस्था र केही व्यवसायीले कर नतिर्ने प्रपञ्च गरेको र सेन्ट्रल कलेजका सन्दर्भमा कर रकम तिर्नका लागि बारम्बार ताकेता गर्दा पुरै वेवास्ता गरेको प्रनिश कन्स्ट्रक्सनले जनाएको छ । र आफ्ना कर्मचारीलाई कलेजले अफिसमा बोलाएर राजनैतिक आढम्बर देखाउँदा वोर्ड हटाउन वाध्य भएको हौँ । झिक्दा आफै च्यातिएको हो विज्ञप्तीमा भनिएको छ ।

सरकारले निर्दिष्ठ गरेको कर तिर्नु सचेत नागरिकको कर्तव्य हो तर कर नतिर्ने मनशायले अनेक हथकण्डा गर्नुले कर तिर्ने दायित्वबाट कोहिकसैले उन्मुक्ति नपाउने र समयमै कर तिर्न सवै व्यवसायीलाई सचेत र जानकारी गराईएको विज्ञप्तीमा उल्लेख छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस