मङ्लबार, भदौ २, २०८२
  • होमपेज
  • समाचार
  • प्रभु साहको बद्‌नाम गर्न खोजेको भन्दै एमाले रौतहट संघर्षमा
समाचार

प्रभु साहको बद्‌नाम गर्न खोजेको भन्दै एमाले रौतहट संघर्षमा

रौतहट। 

नेकपा (एमाले) रौतहटले आफ्ना नेतालाई बद्‌नाम गर्न प्रशासन प्रयोग गरिएको भन्दै अनिश्चितकालका जिल्ला बन्द गर्ने घोषणा गरेको छ । गठबन्धन सरकारले एमाले पार्टी पंक्ति र नेता प्रभु साहलाई बद्‌नाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै जिल्ला बन्द गर्ने घोषणा गरिएको हो । शुक्रबार जिल्ला अध्यक्ष त्रिभुवन साह’अमर’ ले प्रेस विज्ञप्ति जारी गरी स्थानीय प्रशासनको षड्यन्त्रको छानबिन गरी कारबाही गर्न गृहमन्त्रालय लगायत माथिल्लो निकायको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञापन

गाडी दु’र्घ’टनाको विषयमा अनावश्यक एमाले स्थायी कमिटी सदस्य प्रभु साहको नाम जोडेर जिल्लाको सिडियो र एसपी लगायतका प्रशासनले बद्‌नाम गरिरहेको अध्यक्ष साहको भनाइ छ । गाडी दु’र्घ’टना हुँदा गाडीमा सवार चालक समातिँदासमेत उसलाई दोषी मान्ने र छानबिन गरी न्याय दिलाउनुको सट्टा प्रशासनले प्रभु साहको नाम जोडेर अनर्गल प्रचार गरेको अध्यक्ष साहको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन

केही दिन अगाडि नेकपा एमालेबाट निर्वाचित उपमेयर र वडाध्यक्षलाई अपशब्द बोल्दा सिडियोले माफी मागेको, अनावश्यक रुपमा साहका स्वकीय सचिव विजय यादवलाई फसाउन खोज्दा डिएसपीले माफी माग्नुपरेको घ’ट’ना जीवितै रहँदा गठबन्धनको इसारामा सिंगो एमाले पंक्तिमाथि आ’क्र’मण सुरु गरेकोले रौतहट बन्दसहित संघर्षको कार्यक्रम अगाडि बढ्ने अध्यक्ष साहले बताएका छन् ।

‘सवारी चालकले गुडाइरहेको गाडीबाट दु’र्घ’टना भएको, चालक घ’ट’नास्थलबाटै तत्काल प्रहरीद्वारा समातिएको विषय जगजाहेर हुँदासमेत कांग्रेस गठबन्धनको ईशारामा जिप्रका र जि. प्रहरी कार्यालयको प्रमुखसमेत संलग्न रही यसरी हाम्रा पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहलाई बदनाम गर्ने गराउने अभिप्रायले प्रेरित भई गरिएको षडयन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘दु’र्घ’टनाको गहन अनुसन्धान गरी सत्यतथ्य पता लगाएर पीडितलाई उचित क्षतिपुर्तिसहित न्याय दिलाउनको सट्टा स्थानीय प्रशासनले प्रभु साहको भाइको गाडीबाट मान्छे मारिएको भनी मानहानी गर्ने बद्ि’नयतपूर्ण कार्यको घोर भर्त्सना गर्दछौँ ।’

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस