काठमाडौं । गायिका समीक्षा अधिकारी र पल शाहबीचको विवाद उत्कर्षमा पुग्दा पलविरुद्ध उजुरी परेको छ । समीक्षाले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी हुन् ।
उजुरी दिएलगत्तै जिल्ला अदालत तनहुँले पलविरुद्ध प’क्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरीले भने पललाई हालसम्म प’क्राउ गरेको छैन । प्रहरीका अनुसार पल फरार छन् ।
विज्ञापन
विज्ञापन
फरार भनिएका पलले आफूलाई फसाउने षड्यन्त्र भएको भन्दै केही अडियो सार्वजनिक गरेका छन् । उनले दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले समीक्षालाई उकासेर आफूविरुद्ध षड्यन्त्र गरेको बताएका छन् ।
सार्वजनिक अडियोमा दुर्गेशलगायतको स्वर सुनिन्छ । जहाँ समीक्षालाई उनीहरुले सुझाव दिएको सुनिन्छ । तर, उक्त अडियोमा नावालिग समीक्षा पलबाट पीडित भएको स्पष्ट बुझिन्छन् ।
सुरुमा समीक्षाले पलले आफूलाई प्रयोग गरेकोभन्ने अडियो सार्वजनिक भयो । पछि पलले आफूविरुद्ध षड्यन्त्र भएकोभन्दै अडियो सार्वजनिक गरे ।
कानुनले अडियोलाई अन्तिम प्रमाण नमान्ने तर अनुसन्धानबाट प्रमाणित भए त्यसलाई आधार मान्ने अधिवक्ता प्रेम थापा बताउँछन् । “अदालतले अडियोलाई मात्रै अन्तिम प्रमाण मान्दैन । तर, अडियो जसको दाबी गरिएको हो उसको हो भन्ने अनुसन्धानबाट प्रमाणीत भए त्यसलाई कानुनले प्रमाण मान्छ,” अधिवक्ता थापा भन्छन्, “कसैले फलानोले मेरो आँखा फुटाइदियो भनेर अडियोमा भन्यो भने सत्य हो कि होइन भनेर हेर्दा व्यक्तिको आँखा फुटेको रहेछ भने त्यो अडियोलाई प्रमाण मान्न सकिन्छ । त्यसमा उल्लेख गरिएको कुरालाई कानुनले प्रमाण ठान्छ ।”
प्रहरीका अनुसार पल अझै प’क्राउ परेका छैनन् । अदालतले प’क्राउ पुर्जी जारी गरिसकेको र प्रहरीले खोजी गर्दा उनी नभेटिएको बताइएको छ । अदालत तथा प्रहरी प्रशासनलाई असहयोग गरेको ठहरमा यदि, उनी दोषी करार भएको खण्डमा भने २० प्रतिशत सजाय माफी मिनाहा नपाउने अधिवक्ता थापाको भनाइ छ ।
“प’क्राउ पुर्जी जारी हुनासाथ प्रहरीको सम्पर्कमा पुगेको खण्डमा पीडकलाई २० प्रतिशत सजाय छुट हुने कानुनी व्यवस्था छ,” थापा भन्छन्, “तर, अभियुक्त फरार भए वा अदालत वा प्रहरी प्रशासनलाई असहयोग गरेको खण्डमा उक्त २० प्रतिशत सजाय छुटको सुविधा पाइँदैन ।”
फेसबुक प्रतिक्रियाहरु