आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • काठमाडौं उडेको गुण एयरलाइन्सको जहाज चरासँग ठोक्कियो
समाचार

काठमाडौं उडेको गुण एयरलाइन्सको जहाज चरासँग ठोक्कियो

विराटनगर। 

धावनमार्ग छाड्नसाथ चरा ठोक्किएपछि विराटनगर विमानस्थलबाट काठमाडौंका लागि उडेको गुण एयरलाइन्सको ३० सिटे जहाजलाई आइतबार साँझ विराटनगर नै फर्काइएको छ।

विज्ञापन

 

विज्ञापन

 

विमानस्थल प्रशासन र गुण एयरलाइन्सले भने यसको आधिकारिकरुपमा पुष्टि गरिसकेका छैनन्। प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार विराटनगरबाट लगभग साँझ ६:३० बजेतिर उडेको जहाज चार ठोक्किएपछि गन्तव्यसम्म पुग्न सकेन। उचाई लिएर लगभग ५ मिनेटजति उडेपछि चालक दलका सदस्य पुनः फर्काएर यात्रुलाई सुरक्षित साथ विराटनगर विमानस्थलमै अवतरण गराउन सफल भए।

उडान नम्बर ७२४ रहेको जहाजमा ३० जना यात्रु र ३ जना चालक दलका सदस्यसहित ३३ जना रहेको बताइएको छ। उनीहरु सबै सकुशल छन्। अरु विवरण खुल्न बाँकी छ। जहाज पनि सुरक्षित छ।

धावनमार्ग छाड्न साथ देव्रेतर्फको इन्जिनको भाग आवश्यकताभन्दा बढी तात्दा जहाजमा समस्या आएको बताइएको छ। ‘टेकअपका क्रममा ‘इन्जिन’ बढी ‘हिट’ भएको बेलैमा थाहा पाएपछि अकाशमा उडेर केही पर पुगेको जहाजलाई फर्काउएर ‘ल्यान्ड’ गराउन चालक दलका सदस्य सफल हुँदा ठूलो दु’र्घटना हुनबाट जोगियो,’ स्रोतले भन्यो, ‘३३ जनाको ज्यान बाँचेको छ।’ स्रोतका अनुसार धावनमार्ग छाड्नसाथ जहाजको देव्रे इन्जिनतर्फको भागमा चरा ठोक्किएको प्रारम्भिक जानकारी छ।

जहाज अवतरण गराएर यात्रुलाई ढोकाबाटै सुरक्षित साथ निकालिएको छ। स्रोतका अनुसार जहाजबाट ओर्लदा क्रममा यात्रुहरु निक्कै डराएको र त्रर्सिएको अवस्था देखिन्थे। कोही गन्तव्यतिर लागेका छन्, भने केही त्यतै रहेको बताइएको छ। यसको विस्तृत विवरण संकलनको काम भइरहेको जानकारी स्रोतले दियो।

विमानस्थलबाट दक्षिण-पश्चिमा घर भएका स्थानीय चन्द्रशेखर शर्माले धावन मार्ग छाड्नसाथ जहाजले अनौठो आवाज दिएर उचाई लिएको आफूहरुले प्रत्यक्ष सुनेको र देखेको बताए। ‘धावनमार्ग छाड्दा जहाजले अरु दिनको भन्दा फरक आवाज दिएको सुन्यौं,’ उनले भने, ‘आकाशमा जहाज देखेपछि केही पर पुगुन्जेल हेरिरहयौं।’ शर्माले चर्को र नयाँ खालको आजाव दिँदै जहाज केही बेरमै विराटनगर नै फर्किएको पनि बताए।
उनले भने, ‘जहाजमा केही समस्या आएको त अनुमान लगायौं। त्यसपछि अरु थाहा नपाए पनि मनमा खुलदुली हुन थाल्यो।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस