आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • वैद्य निकट विद्यार्थीका सचिवालय सदस्य बाशु न्यौपाने माओवादी केन्द्रमा प्रवेश
समाचार

वैद्य निकट विद्यार्थीका सचिवालय सदस्य बाशु न्यौपाने माओवादी केन्द्रमा प्रवेश

काठमाडौं।

मोहन वैद्य ‘किरण’ निकट अनेरास्ववियू(क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)मा प्रवेश गरेका छन् ।

विज्ञापन

सचिवालय सदस्य बाशु न्यौपानेलाई क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले संगठनमा प्रवेश गराएकी हुन् । क्रान्तिकारीको केन्द्रीय कार्यालय बागबजारमा आयोजित कार्यक्रममा न्यौपाने आफू मुल घरमा आएको बताएका छन् ।

विज्ञापन

क्रान्तिकारीकी अध्यक्ष सिंहले संगठनलाई मजबुत बनाउन र एक नम्बरको संगठन बनाउन तितरबितर भएका सबै एक ठाउँमा आउनुपर्ने बताइन् । उनले न्यौपानेलाई स्वागत गर्दै संगठनमा आउने सबै क्रान्तिकारीलाई उपयुक्त र उचित जिम्मेवारी दिने समेत प्रतिवद्धता गरिन् ।

अध्यक्ष सिंहले क्रान्तिकारी बिचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने माओवादी केन्द्रको मुल भावना अनुसार अघि बढ्ने र पहिलो पार्टी बनाउन विद्यार्थी संगठन तयार रहेको पनि बताइन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस