On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • राप्रपा बिभाजनकाे संघारमा, विशालनगरमा कमल थापा समूहको छलफल
समाचार

राप्रपा बिभाजनकाे संघारमा, विशालनगरमा कमल थापा समूहको छलफल

काठमाडौं ।

आन्तरिक राजनीतिमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले खेलेको भूमिकाका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले छानबिन नगरे कमल थापाले विकल्प खोज्ने भएका छन् ।

विज्ञापन

एकता महाधिवेशनमा पूर्वराजा शाहले पार्टीको आन्तरिक राजनीतिमा खेलेर आफूलाई पराजित गराएकोे भन्दै असन्तुष्ट रहँदै आएका निवर्तमान अध्यक्ष थापा आफूले राखेको मागमा छानबिन नभएमा विकल्प खोज्ने तयारीमा लागेका हुन् । शुक्रबार दिउँसो विशालनगरस्थित थापा निवासमा उनी पक्षका राप्रपाका शीर्ष नेताहरुबीच छलफल जारी छ ।

विज्ञापन

 

‘कमल थापाज्यूले राप्रपाको राजनीतिमा निर्मल निवास र पूर्वराजाबाट भएको हस्तक्षेपका बारेमा छानबिनको माग गर्नुभएको छ, सो बारेमा छानबिन नभएमा विकल्पबारे स्वाभाविक रुपमा छलफल हुनेछ,’ थापा निकट केन्द्रीय सदस्य राजाराम बर्ताैलाले भने । उनका अनुसार ‘पार्टी नै विभाजन गर्ने गरी’ छलफल नभए पनि अन्य विकल्पमा जानुपर्नेमा अधिकांश नेताले राय र सुझाव दिइरहेका छन् ।

गत १५-१८ मंसिरमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका थिए । आफू पराजित भएपछि थापाले ‘पूर्वराजाले राप्रपामा हस्तक्षेप गरेको’ सार्वजनिक आरोप लगाउँदै आएका छन् । थापाले सो विषयमा छानबिन गर्न मंसिर र माघमा गरी दुईपटक अध्यक्षलाई पत्र लेखिसकेका छन् । थापाले पहिलोपटक २७ मंसिर र दोस्रोपटक १६ माघमा अध्यक्ष लिङ्देनलाई पत्र लेखी औपचारिक आग्रहसमेत गरेका थिए ।

‘मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्न तथा त्यसबारे आवाश्यक संशोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पठाएको छु,’ थापालाई लिङ्देनलाई लेखेको पत्रमा भनेका थिए, ‘फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पु¥याउने तथा पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य तपाईबाट हुने छैन भन्ने अपेक्षा गरेको छु ।’

लिङ्देनले पाँच वर्ष पार्टी हाँक्ने विषयलाई समर्थन जनाउँदै थापाले ‘सबैलाई समेटेर पार्टीलाई दुर्घटनाबाट जोगाउने पनि तपाईको मुख्य जिम्मेवारी हो’ भन्दै लेखेको पत्रलाई सम्बोधन नगरेको भन्दै असन्तुष्ट छन् ।

कोभिड-१९ को संक्रमणबाट भर्खरै मुक्त भएका थापाले ‘पार्टीको आन्तरिक मामिलामा निर्मल निवास र राजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको विरोध गर्नु, पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने योजनालाई अस्वीकार गर्नु तथा पार्टीलाई भजनमण्डली हुनबाट रोक्नु राजसंस्थाको विरोध होइन’ भन्ने प्रस्टाउने कोसिस गरे पनि लिङ्देनले थापाको मागलाई केन्द्रीय कार्यसमितिमा छलफलको एजेन्डा अझै बनाएका छैनन् । त्यसैले थापाले विकल्पबारे छलफल र सरसल्लाह गरिरहेको उनी निकट नेताहरू बताउँछन् ।

महाधिवेशन सम्पन्न भएको दुई महिनामा राप्रपाको एकपटक मात्र केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको छ । ‘पहिलो केन्द्रीय कार्यसमिति बैठकमै महाधिवेशनमा निर्मल निवास र पूर्वराजाको भूमिका र हस्तक्षेपलाई लिएर प्रश्न उठाएका थियौं, तर अध्यक्षज्यूले केही जवाफ दिनु भएन,’ थापा निकट एक पदाधिकारी भन्छन्, ‘व्यक्तिगत रूपमा हामीले र कमलजीले औपचारिक रूपमा माग गरे पनि कुनै सुनुवाइ भएको छैन् ।’ निर्मल निवासको विषयले राप्रपाको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस