शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • समाचार
  • भटमास चिउरा खाएर, सुकुम्बासीको घरमा बसी लालपूर्जा दिएरै छाड्छौ : भूमि आयोग अध्यक्ष तिमिल्सिना
समाचार

भटमास चिउरा खाएर, सुकुम्बासीको घरमा बसी लालपूर्जा दिएरै छाड्छौ : भूमि आयोग अध्यक्ष तिमिल्सिना

चितवन । 

राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भटमास चिउरा खाएर, सुकु्म्बासीको घरमा बसेर लालपूर्जा प्रदान गरिने बताउनुभएको छ । सोमबार भरतपुरको विभिन्न सुकुम्बासी संघ संस्थाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा अध्यक्ष तिमलसिनाले सो कुरा बताउनुभएको हो ।

विज्ञापन

सुकुम्बासी वस्ती रहेको भरतपुरको वडा नम्बर ११ र २ का स्थानीयहरुलाई सम्बोधन गर्दै उहाँले सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको उहाँको भनाई थियो ।

विज्ञापन

 

यसअघिको सरकारले सुकुम्बासीलाई जग्गा वितरण गर्ने भन्दै आँखामा छारो हाल्ने काम गरेको भन्दै उहाँले अब भने वास्तविक सुकुम्बासीले केही दिनभित्र सेतो नभई रातो लालपूर्जा पाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

केपी ओली नेतृत्व सरकारले संसद विघटन गरी निर्वाचन मिति घोषणा गरेर भूमि समस्या समधान आयोग निर्माण गरी चौतर्फी भ्रम छरेको उहाँको भनाई थियो । अध्यक्ष तिमलसिनाले निर्वाचन घोषणा भएपछि आचारसंहिता लागू हुने र त्यसबीचमा लालपूर्जा वितरण गर्न नमिले पनि आफ्ना कार्यकर्ता पोषाउन आयोग गठनको नाटक मञ्चन भएको आरोप लगाउनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सुकुम्बासीहरुलाई लालपूर्जा वितरण निर्देशन दिनुभएसँगै आफू यो काम फत्ते पार्न जुटेको उहाँले जानकारी दिनुभयो ।

लामो समयदेखि आफू सुकुम्बासीको हकहितमा काम गर्दै आई रहेकाले यस पटक भने लालपूर्जा दिलाएरै छाड्न कुनै पनि कसुर बाँकी नराख्ने उहाँको भनाई थियो । जिल्लामा रहेका सुकुम्बासीलाई ३ चरणमा वर्गीकरुण गरी लालपूर्जा वितरण गर्न लागिएको छ ।

आयोगले दलित सुकुम्बासी, भूमिहिन सुकुम्बासी र अव्यवस्थित गरी लालपूर्जा वितरण गर्न लागिएको छ ।

सुकुम्बासी समस्या समधान गर्न भन्दै सरकारले यसअघि १७ वटा आयोग गठन गरेपनि सुकुम्बासीहरुले लालपूर्जा पाउन सकेका छैनन । जिल्लामा करिब ५० हजार सुकुम्बासी रहेका छन् । सोही अवसरमा उहाँलाई खादा लगाएर सम्मान पनि गरिएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस