शनिबार, फाल्गुन १५, २०८२
  • होमपेज
  • समाचार
  • पशुपतिबाट पनि बतास समूहलाई ‘आउट’ गर्न कस्सिए मन्त्री आले
समाचार

पशुपतिबाट पनि बतास समूहलाई ‘आउट’ गर्न कस्सिए मन्त्री आले

Renu Dahal

काठमाडौं ।

नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई ‘आउट’ गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको नजर पशुपति धर्मशाला गएको छ ।

विज्ञापन

भारतीय सहयोगमा पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा निर्माण भएको ३ तलाको ४ सय बेड रहेको ‘पशुपति धर्मशाला’मा निजी कम्पनी बतास अर्गानाइजेसनले व्यापार गरिरहेको छ । उक्त धर्मशाला पर्यटनमन्त्री आलेले निरीक्षण गर्दैछन् । मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

विज्ञापन

बतास समूहले पशुपति धर्मशालामा २०७६ वैशाख ३० गते होटल आनन्द प्रालिका नाममा पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर होटल सञ्चालनमा ल्याएको थियो।

यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस