सिन्धुपाल्चोक।
सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। बलेफी गाउँपालिका-२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रममा उनले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताए।
विज्ञापन
सभामुख सापकोटाले भने, ‘तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु। राज्यका तीन अंगमध्ये एक अंगको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन।’ कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो।
विज्ञापन
कार्यक्रमका सहभागीले बक्ताले महिलाद्वारा सञ्चालित सो सहकारी जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गरेका छन्। सो कार्यक्रममा सहकारीका अध्यक्ष देवकी न्यौपानेले वार्षिक प्रतिवेदन पेश गरेकी थिइन्। सभामुख सापकोटाले बलेफी -३ फुल्पिंकोटमा फुल्पिंकोट स्वास्थ्यचौकी भवनको शिलान्यास गरेका थिए। -रासस
फेसबुक प्रतिक्रियाहरु