शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओली गुटले एमालेमा ठूलै छलाङ मारेछ : भीम रावल
समाचार

केपी ओली गुटले एमालेमा ठूलै छलाङ मारेछ : भीम रावल

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले आइतवार पार्टीका विभिन्न जिम्मेवारीमा भएका मनोनयनलाई लिएर तीव्र असन्तुष्टि प्रकट गरेका छन्।

चितवन महाधिवेशनमा अध्यक्षमा पदमा पराजित भएपछि केन्द्रीय सदस्यसहित कुनै पदमा बस्न अस्वीकार गरेका उनले आफ्ना गुटका मान्छेलाई ओलीले मनलाग्दी नियुक्ति गरेको पनि टिप्पणी गरेका छन्।

विज्ञापन

भक्तपुरमा दुई दिनदेखि बसेको केन्द्रीय कमिटी बैठकले ४५ केन्द्रीय सदस्य, ८९ पोलिटब्युरो सदस्य र २६ स्थायी कमिटी सदस्यसहित विभिन्न पदमा नियुक्ति र मनोनयन गरेको थियो।

विज्ञापन

यसलाई लिएर रावलले एमालेभित्र केपी ओलीको गुट ओलीको गुटबन्दीले छलाङ मारेको भन्दै कटाक्ष गरेका हुन्।

‘एमालेमा भर्खरै भएका मनोनयन, जिम्मेवारी र कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो’, उनले भनेका छन्, ‘यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहम् तुष्टिको नमूना हो। यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ।’

रावल आफैंले दसौँ महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरिसकेपछि कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए। उनले टीको लगाएर पद नलिने भन्दै निर्वाचनबाट आउने परिणाम स्वीकार्ने बताएका थिए।

कुनै पदमा बस्न अस्वीकार गरेपछि एमालेले रावललाई आइतवार कुनै पदमा मनोनयन गरेन। नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेका उनी अब एमाले नेता मात्रै रहेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस