बुधबार, भदौ १७, २०८२
  • होमपेज
  • समाचार
  • क्याप्टेन विजय लामाले गरे प्रेम आलेको प्रशंशा
समाचार

क्याप्टेन विजय लामाले गरे प्रेम आलेको प्रशंशा

क्याप्टेन विजय लामाले पर्यटनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमको सुधारका लागि राम्रो थालनी गरेको भन्दै प्रशंशा गरेका छन् । आलेका साथै कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रियताले आज निगम ‘डेन्जरस गुड क्यारियर’ भएको भन्दै यो धेरै राम्रो प्रगती भएको बताएका छन् । साथै विभिन्न अरु कामहरुको सुरुवाती पनि गराइ सकेको भन्दै उनले आलेबाट ठूलो आशा पलाएको बताएका छन् ।
निगमले हालैमात्रै खतराजन्य वस्तु बोक्ने अनुमति पाएपछि लामाले यस्तो टिप्पणी गरेका हुन् ।

 

विज्ञापन

लामाले सामाजिक सञ्जालमा लेखेका छन्-

विज्ञापन

 

 

मेरो साडे तीन दसकको कार्यकालमा धेरै पर्यटन मन्त्रीहरुका साथै कार्यकारी अध्यक्षहरु देखे र हर्कतहरु पनि भोगे! कोइ गफैमा सिमित रहे भने कोइ नामको लागि मात्र, कोइ मौका पाएर पनि केही गर्न नसकी समय फ्याल्नेमा परे भने कोइ भत्काउनको लागि मात्र आएको पाए, कोइ अरु वायुसेवाको agent भएर आए। फेरि यसो भन्दा सबै नै त्यही दर्जामा राख्न खोजेको होइन!!
ने वा नि लाई बनाउनु पर्छ भन्ने सुगत कन्साकार ज्यु जस्ता पनि तिन तीन पटक आए तर हराए…तर दृढ इच्छा शक्ति भएका नेतृत्व कमै देखे । सबैले नेवानी सुधार गर्न खोजे, मन्त्र जपे पनि प्रगति हुन सकेन।
तर भनिन्छ समय सधै एकनास हुदैन… अहिले आशा लाग्दो कामको शुरुआत भएको छ… स्थापना भएको ६३ बर्ष सम्म हामीले खतराजन्य वस्तु बोक्ने अनुमति लिन नसकेर हामीले ठुलो ब्यवसाय गुमाएका थियौं..
वर्तमान मन्त्री प्रेम बहादुर आले ज्यु तथा कार्यकरी अध्यक्ष युबराज अधिकारी ज्युको सक्रियताले आज हामी dangerous goods carrier भएका छौ। यो धेरै राम्रो प्रगती हो! साथै विभिन्न अरु काम हरुको सुरुवाती पनि गराइ सक्नु भएकाले पनि ठूलो आस पलाएको छ!
बधाई छ हामी सबैलाई! धन्यवाद मन्त्री प्रेम बहादुर आले ज्यु र ने वा नि को अध्यक्ष युबराज अधिकारि ज्यु लाई!
जय चन्द्र सुर्य!

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस