चितवन।
विज्ञापन
चितवनमा ३३० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । भरतपुर–२६ दिव्यनगरमा शनिबार एक कार्यक्रमका बीच पार्टी प्रवेश गरेको बुद्धि तामाङले जानकारी दिए ।
विज्ञापन
उनका अनुसार पार्टी प्रवेश गरेका मध्ये ७५ जना आफ्नै कमाण्डमा भएको बताए । पछिल्लो समय माओवादी पार्टीतर्फ जनताको लगाव र पार्टी प्रवेश दिनानु बढ्दै गएको उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले पार्टी प्रवेश गरेका नयाँ सदस्यहरुलाई टिका र खादा ओढाएर सम्मान गरेका थिए ।
प्रमुख अतिथि प्रचण्डले दिव्यनगर पूरै उल्टिएर माओवादी भएको बताए । दिव्यनगरबाट उर्लिएको यो जनमानसको पार्टी प्रवेशको सन्देश चितवन मात्र नभई विश्वभरि नै बलियो सन्देश भएको उनले जिकिर गरे । उनले पार्टीसँग जोडिएको नयाँ साथीहरुलाई हार्दिक स्वागत व्यक्त गरेका थिए ।
उनले सबैको योगदानले अब विकास निर्माणमा अझ गति लिने विश्वास लिने बताए । वर्षेनी बाढीको सन्त्रास रहेको नारायणी तटबन्धको समस्यालाई जसरी भएपनि बहुवर्षीय योजनामा लगेर मुक्त गर्ने उनको भनाइ थियो । उनले सुकुम्बासी समस्या यसै वर्षबाट लालापूर्जा वितरणको प्रक्रिया अगाडि बढाउने बताए ।
फेसबुक प्रतिक्रियाहरु