काठमाण्डाै ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धकालीन ज्ञान र शिक्षालाई उच्च तहसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभएको छ ।
विज्ञापन
आज बिहीवार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव एवम् केन्द्रीय पुस्तकालय भवन उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले बुद्धकालीन ज्ञान र शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभएको हो । उहाँले देशभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्त्विक, सांस्कृतिक सम्पदाको उत्खनन, संरक्षण र संवर्द्धनमा अग्रसर हुनुपर्ने पनि बताउनुभयो ।
विज्ञापन
उहाँले भन्नुभयो, ‘हाम्रो देशको मौलिक परम्पराको रूपमा विकसित भएको बुद्धकालीन ज्ञान र शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्दै समय सापेक्ष तुल्याउनुपर्दछ ।’
जमिनमुनि दबिएका पुरातात्त्विक तथा सांस्कृतिक महत्त्वका वस्तुहरू अझैसम्म फेला परिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तिनको अन्वेषणमा सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
उहाँले लुम्बिनी विकास गुरुयोजना चाँडै कार्यान्वयन हुन सकेमा लुम्बिनी उत्कृष्ट अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटकीय स्थल बनेर देशकै अर्थतन्त्रमा टेवा पुर्याउने बताउनुभयो ।
फेसबुक प्रतिक्रियाहरु