चितवन।
विज्ञापन
नेकपा एमालेको १० औँ महाधिवेशन निर्वाचन प्रक्रियामा गए उपाध्यक्ष भीम रावल पार्टीमा एक्लै पर्ने शेरबहादुर तामाङले बताएका छन् । महाधिवेशनस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै तामाङले भीम रावल सहमतिमा नआए ध्वनि मतले ५ मिनेटमा बन्दसत्र टुंगाउने बताए ।
विज्ञापन
उनले भने, ७ बजेबाट बन्दसत्र सुरु गर्ने तयारी छ । सहमति भएर आए नामावली वाचन गरेर बन्दसत्र सकिन्छ । भीम रावलजी सहमतिमा आउनुभएन भने ध्वनि मतको आधारमा हात उठाएर ५ मिनेटमा बैठक टुङ्ग्याइन्छ । निर्वाचन प्रक्रियामा गए पार्टीमा भीम रावल एक्लै हुने हो ।
यता नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दिनभर बैठक नगरी प्रतिनिधिहरूलाई अलपत्र पारेकोमा आपत्ति जनाएका छन् । त्यस्तै संस्थागत छलफल नगरी राति बैठक बोलाउनु धाँधलीको सङ्केत भएको पनि जिकिर गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् – दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको सङ्केत पनि हो। यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।
फेसबुक प्रतिक्रियाहरु