काठमाडौं ।
नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीेले चुनाव चिन्हले पहिलो पाटी वन्ने केपी ओलीको सपना सपनामै सिमित हुने बताएका छन ।
विज्ञापन
वर्दिया जिल्ला पाटीको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता मेटमणि चौधरीले सुर्य चिन्हले निर्वाचनमा पहिलो पाटी वन्ने केपीओलीको सपना सपना मात्रै हुने दावी गरेका हुन ।
विज्ञापन
चिन्हले पहिलो पाटी वन्ने भए नेपाली काङ्ग्रेस सधै पहिलो पाटी हुनुपर्ने हो उनले भने किन कहिले काङ्ग्रेस, कहिले कम्युनिस्ट पाटीहरु पहिलो भए,के निर्वाचनमा चिन्हको कारण होत । उनका अनुसार केपि वली पाटीका २० प्रतिशत नेता कार्यकर्ताहरु मसिंर १२ गतेपछि एकीकृत समाजवादी पाटीमा प्रवेश गर्ने वताए ।
हिजोको एमाले अहिले एमाले नभएर केपी ओलीको कम्पनी पाटी भएकाले महाधिवेशनमा आफ्नो गुनगान गाउने र केपी वा आई लभ यु भन्नेहरु मात्रै निर्वाचित हुने वताए । केपीओलीका पछाडि लागेका १० भाईहरुले उम्मेदवारी घोषणा गरेपनि मनोनयन दर्ता गर्न नपाउने अवस्था समेत सिर्जना हुने देखिएको उनको भनाइ रहेको छ ।
उनले केपीओलीको पाटी अहिले जिउदो माछावाट सुकेर सिद्रामा परिणत हुदै गएको दावी गरे । एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका नेता चौधरीले हिजो नेकपा एमाले तथा केपी शर्मा ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे।
प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले भुमिको समस्या समाधानका लागि सरकार गम्भीर भएर लागेको वताए । करिव १३ हजार घर परिवारहरु अहिले अव्यवस्थित वसोवासमा रहेका छन उनले भनेञ यी परिवारलाई व्यवस्थित वसोवास गराउने काममा सरकार जुटेको छ । मेटमणि चौधरीले विहिवार विहान वर्दियाको चौधरीपुरका ४० भन्दावढी घरपरिवारलाई एकीकृत समाजवादी पार्टीमा स्वागत गर्दै पार्टी सदस्यता समेत वितरण समेत गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु