सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • सूर्यमा ग्रहण लागिसक्यो, काम छैन, सबैले कलम बोक्नू : माधव नेपाल
समाचार

सूर्यमा ग्रहण लागिसक्यो, काम छैन, सबैले कलम बोक्नू : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागिसकेको बताएका छन्।

धनुषामा आयोजित पार्टीको सभालाई मंगलबार सम्बोधनका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

विज्ञापन

‘सूर्यको अब काम छैन, सूर्यमा ग्रहण लागिसक्यो, सबैले सूर्यलाई भुल्नु’, उनले भने, ‘अब सबैले कलम कलम समात्नु, गाउँगाउँमा कलम लैजानु।’

विज्ञापन

उनले समाजवादी जनताको हितमा काम गर्ने पार्टी भएको पनि जिकिर गरेका छन्। ‘समाजवादी जनताको हितमा काम गर्ने पार्टी हो’, उनले भने, ‘हाम्रै पहलमा मनमोहन अधिकारीको सरकारले आफ्नो गाउँ आफैँ बनाऊँ अघि बढाएको थियो। सामाजिक सुरक्षा भत्ता दिन थालेको थियो।’

उनले देशका केही ठाउँमा समाजवादी एमालेभन्दा ठूलो भएको पनि जिकिर गरे। ‘समाजवादी सुदूरपश्चिममा सबैभन्दा ठूलो छ’, उनले भने, ‘यता प्रदेश २ मा पनि एमालेभनदा ठूलो भएको छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस