काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत सम्झेर पछुतो मानेका छन् ।
विज्ञापन
एमाले र माओवादी एकतापूर्वको प्रसंग उप्काउँदै आफूलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ५ वर्ष नै प्रधानमन्त्री बन्न अफर गरे पनि आफू पद त्यागेर वैचारिक एकता, निष्ठा र स्थिरताका लागि अघि बढेको प्रचण्डले बताए ।
उनले भने, ‘देउवाले ५ वर्ष प्रधानमन्त्री हुनुस्, सबै मन्त्री राख्नुस् लेखेर दिन्छु भन्दा पनि मानिएन । वैचारिक एकता, निष्ठालाई प्राथमिकता दिइयो । अहिले देउवालाई प्रधानमन्त्री भइदिनुस् खानुस् भन्ने अवस्था आयो । देउवाजीलाई धन्यवाद छ मानिदिनुभयो ।’
मंगलबार अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यी सबै कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्दा उत्पन्न भएको पनि अध्यक्ष प्रचण्डले स्पष्ट पारेका छन् ।
तर, ओलीले गरेका ती सबै कामको परिणाम पनि देखिएको अध्यक्ष प्रचण्डले भनेका छन् । उनका अनुसार ओलीको अहंताका कारण ओली बालुवाटारबाट बालकोट र एमाले सातै प्रदेशबाट आउट भएको छ ।
फेसबुक प्रतिक्रियाहरु