आइतवार, फाल्गुन ९, २०८२
  • होमपेज
  • समाचार
  • जति षड्यन्त्र गरे पनि चितवन माओवादीको किल्ला हो : प्रचण्ड
समाचार

जति षड्यन्त्र गरे पनि चितवन माओवादीको किल्ला हो : प्रचण्ड

Renu Dahal

रौतहट।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जति षड्यन्त्र गरे पनि चितवन माओवादीको किल्ला भएको बताएका छन्। शनिबार रौतहटको कटहरीमा भएको जनसभामा अध्यक्ष प्रचण्डले आफू र माओवादीलाई क्षति पुर्याउने लक्ष्यका साथ एमालेले चितवनमा महाधिवेशन गर्न लागे पनि त्यो सम्भव नभएको बताएका हुन्।

विज्ञापन

आफू र माओवादीलाई सिध्याउन भन्दै एमालेले सम्पूर्ण शक्ति चितवनमा केन्द्रित गरे पनि माओवादीलाई हराउन सक्ने तागत एमालेसँग नभएको जिकीर गरे। अध्यक्ष प्रचण्डले चितवनमा माओवादीलाई कमजोर बनाउने एमालेको योजनालाई त्यहाँका नागरिकले सफल हुन नदिने बताए।

विज्ञापन

आउँदो चुनावमा माओवादी केन्द्रले २०६४ सालमा जस्तै विजयी प्राप्त गरेर पहिलो दल बन्ने सम्भावना देखेको प्रचण्डको भनाई थियो। देशमा संघीयता, गणतन्त्र, पछि परेका समूदाय, मधेसी लगायतलाई अधिकार दिलाउने काम माओवादीले नै गरेकाले चुनावमा त्यसको गुन तिर्न प्रचण्डले आग्रह गरे।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस