नेपाली कांग्रेसको १४औं महाअधिवेशन अन्तर्गत प्रदेश क्षेत्रको अधिवेशनमा मोरङको निर्वाचन क्षेत्र ६ (ख) बाट प्रदेश प्रतिनिधिमा विराटनगर १२की १८वर्षिया रक्षा यादव निर्वाचित भएकी छिन्।
उनी मधेसी महिला कोटाबाट निर्विरोध निर्वाचित भएकी हुन्। शुक्रबार जिल्ला पार्टी कार्यालय मोरङ स्थिति मदतान केन्द्रमा मोरङ क्षेत्रनम्बर ६ (ख)को मधेसी महिला कोटामा यादवको मात्रै उमेद्वारी परेपछि उनि निर्विरोध निर्वाचित भएको निर्वाचन क्षेनम्बर ६ (ख) को निर्वाचन कार्यालयले जनाएको छ। प्रदेश प्रतिनिधिमा निर्वाचित यादवले युवाहरूको प्रतिनिधित्व गर्दै युवाहरूका लागि काम गर्ने इच्छा रहेको बताइन्।
विज्ञापन
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु