काठमाडौं।
नेकपा माओवादी केन्द्रको शनिबारदेखि सुरु हुने वडा अधिवेशनको तयारी पूरा भएको छ। पार्टी केन्द्रीय कार्यालमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णु पुकार श्रेष्ठले वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्।
विज्ञापन
उनका अनुसार निर्वाचनका लागि देशभरिका ६ हजार ७ सय ४३ वडा, ७ सय ५३ पालिका र ७ वटै प्रदेशमा निर्वाचन समितिहरु गठन गरिएको छ। निर्वाचन आयोगले प्रदेशमा ७, पालिकामा ५ र वडामा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको जनाएको छ।
विज्ञापन
माओवादी केन्द्रले मंसिर ११ गते पालिका र मंसिर २५ गते सातै वटै प्रदेशमा नेतृत्व चयन गर्ने कार्यतालिका बनाएको छ।
फेसबुक प्रतिक्रियाहरु