On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहो��
  • होमपेज
  • विशेष
  • प्रकाश दाहालको चर्चित लेख : ‘बन्दुक बोकेर म’र्न तयार हुँदा कहाँ थियौ साथी ?’
विशेष

प्रकाश दाहालको चर्चित लेख : ‘बन्दुक बोकेर म’र्न तयार हुँदा कहाँ थियौ साथी ?’

मेरो नाम प्रकाश दाहाल हो। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य। नयाँ परिचय पुष्पकमल दाहाल‘ प्रचण्ड’को सचिवालयको सदस्य। यसबाहेकका अन्य परिचय गौण हुन्। मेरा व्यक्तिगत सम्बन्धका आधारहरु यी परिचयका अगाडि गौण हुन्। म माओवादीको निरन्तर लडिरहने एउटा योद्धा हुँ।

यी प्राथमिक परिचयबाहेक जोडिएका अन्य परिचय मेरा लागि गौण हुन्। तर, पूरै समाजले त्यसलाई प्रधान परिचय र मेरा सङ्घर्षका मैदानहरुमा दिएको योगदानलाई माध्यमिक परिचयका रुपमा अपव्याख्या गरिरहेका छन्। हो, म पुष्पकमल दाहालको छोरा हुँ। तर, म प्रचण्डको एउटा लडाकु र कार्यकर्ता हुँ ।

विज्ञापन

 

विज्ञापन

म पुष्पकमल दाहाललाई बुवाका रुपमा अगाडि उभ्याउँछु, प्रचण्डका अघि नेकपा माओवादी केन्द्रको एउटा सदस्यका रुपमा उभिएको हुन्छु । समयचक्रका कारण म अध्यक्षको वरिपरि नै धेरै नै खटिएको थिएँ । जतिबेला अध्यक्ष प्रचण्डलाई राज्य र अन्तर्राष्ट्रिय जगतले पनि ‘रेडकर्नर नोटिस’ जारी राखेको थियो । त्यसबेला उहाँको सुरक्षा अङ्गका रुपमा मैले लामो समय काम गरेको छु ।

उकाली ओराली, भञ्ज्याङ चौतारी र विभिन्न युद्धमा मेरो उहाँसँग निरन्तर सहयात्रा छ । हाम्रा लागि संविधानसभा, परिवर्तन हरेक जाति, वर्ग र समुदायको राजनीतिक उत्थान प्रधान हुँदाको लडाइँ प्रधान हो । हामी युद्धकालमा पनि यही लडाइँमा निरन्तर लागिरहेका थियौं, जसका केही उपलब्धि भए, त्यसको संस्थागत काम गर्नका लागि अहिले पनि लागिरहेका छौं । नेकपा माओवादी केन्द्रको एउटा साधारण योद्धाका रुपमा म यी सबै कुरा गरिरहेको छु ।

मलाई लाग्ने गरेको आक्षेपका पछाडि म दौडन चाहन्नँ । तर, यी आक्षेपहरु कुन नियतका आधारमा लागिरहेका छन् भन्ने कुरामा मेरो दृष्टि छैन भन्ने चाहिँ होइन । त्यसका विरुद्धमा मेरा प्रतिक्रियाहरु मात्रै नआएका हुन् । शान्ति प्रक्रिया हुँदै नेपाली सरल राजनीति, मुल राजनीतिको केन्द्रबिन्दुमा आएपछि प्रचण्डलाई प्रहार गर्ने योजनाका आधारमा अनेक कोणबाट मेरो नाममा नकारात्मक टिप्पणी हुन थाल्यो ।

स्मरण होस्, हामी पनि चन्द्रमाबाट झरेका एलियन होइनौं । साधारण परिवारका मान्छे हौं, जो सधैं साधारण अधिकारका लागि निरन्तर लडिरहेको थियो । यसमा मेरो नाम जोडेर प्रचण्डमाथि किन प्रहार ? अथवा प्रचण्डको नाममा ममाथि किन प्रहार ? जीवनको एउटा उर्जाशील समयमा मलाई आक्षेप लगाउने साथीहरुले राजनीतिक मुनाफा लिएर वा अन्य अवसरको उपभोग जसरी गरिरहेका थिए, म युद्धको मैदानमा थिएँ ।

हजारौं सहादत पाएका योद्धाहरुको भीडमा बन्दुक बोकेर राज्य र तानाशाहीविरुद्धको अभियानमा सक्रिय भएको थिएँ । यसको नजरअन्दाज गरी प्रकाश दाहालको परिचय पुष्पकमल दाहाल ‘प्रचण्ड’को छोराका रुपमा मात्र गरिन थालियो । हो, म प्रचण्डको छोरा अवश्य हुँ । तर, त्यसबाहेक म माओवादीको निरन्तर सहयात्रामा जनयुद्धकालदेखि लागेको योद्धा पनि हुँ । मैले जतिबेला बन्दुक बोकेर जीवनलाई मृत्युको धारमा हिँडाएको थिएँ । त्यसबेला कोही कसैले प्रचण्ड वा प्रकाशको जीवनबारेको चर्चा गहन रुपमा गरेन । तर, यो परिवेशमाथि मेरो केही विरोध वा समर्थन छैन ।

समाजको व्याख्या गर्ने एउटा दृष्टि हुन्छ । मान्छेका व्यक्तिगत कुरामा कहिले सही र कहिले गलत हुन सकिन्छ । समाजको हेर्ने दृष्टिकोण र मान्छेको जीवनको दृष्टि फरक हुनसक्छ । त्यसमा प्रत्येक व्यक्तिका प्रश्नको उत्तर दिँदै वा खण्डन गर्दै हिँड्न सकिन्नँ । मैले त्यसो गर्नु पनि आवश्यक ठानिनँ । तर, यसको अर्थ यो होइन कि मेरो बारेमा हुने अनेक टिप्पणीसँग म जानकार छैन ।

म जानकार छु र त भन्दैछु, ‘बुवा प्रधानमन्त्री बन्नु उहाँको राजनीतिक जीवनको चक्रले दिएको अवसर भएझैं म त्यो सचिवालयमा उहाँको छोराका हिसाबले होइन, सहयोद्धाका हिसाबले भएको हुँ ।’

मेरो विषयमा विभिन्न टिकाटिप्पणी गरी सामाजिक सञ्जाल र चिया पसलहरु फोहोर बनाउने साथीहरुलाई एउटै प्रश्न छ, ‘परिवर्तनका लागि हामी मर्न तयार हुँदा, म बन्दुक बोकेर हिँड्दा कहाँ थियौ साथी ?’ परिवर्तन यत्तिकै भएको होइन, परिवर्तनका लागि मृत्युलाई अँगालेर हिँड्न सक्नुपर्छ ।

अवसरसँग बाह्रैकाल नजिक हुने तर जब सङ्घर्ष गरेकाहरुले काम गर्ने मौका आउँछ, त्यसबेला वाहियात कुरामा अल्झिने साथीहरुले तथ्यलाई केलाएर अघि बढ्नुहुनेछ भन्ने अझै विश्वास लिएको छु । मुलूक निर्माणका लागि जसले जहाँ जसरी टिप्पणी गरिरहे पनि मेरा यात्राहरु निरन्तर अध्यक्षको सहयोगमा अघि बढ्नेछ भन्नेमा शङ्का छैन ।

यसर्थ, मेरो विरोधमा अक्षरहरुको थुप्रो लगाउनेहरुसँग गुनासो गर्नुको साटो सुझाव दिन्छु, ‘ती फगत शब्दहरुको थुप्रो सिर्जनात्मक कामका लागि उपयोग गरे कसो होला ?’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस