काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नयाँ रुपमा अघि बढ्ने निर्णय लिएका छन् । निर्वाचन नजिकिँदै जाँदा घरमा आराम गरिरहेका नेता गौतम अब समाजवादीको यात्रामा अघि सर्ने गरी लागिरहेका छन् ।
विज्ञापन
उच्च स्रोतका अनुसार गौतमले केही दिनमा आफ्नो निर्णय लिइसक्ने छन् । गौतमलाई अहिले आफूतिर तान्नका लागि एमाले र नेकपा एकीकृत समाजवादीको हानथाप चलेको छ ।
विज्ञापन
गौतमले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेका छैनन् । गौतम नेपाली राजनीतिको एक धरोहर हुन । बामदेव नहुँदा नेपाली राजनीति अपूरो हुने विश्लेषण हुने गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु