काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दुराष्ट्रका मुद्दा बोक्ने नेता नै चौंधौं महाधिवेशनबाट सभापति बन्ने दाबी गरेका छन् ।
विज्ञापन
आज संचारकर्मीसंग कुरा गर्दै नेता भण्डारीले भने, नेपालको पहिचान भनेकै हिन्दु धर्म संस्कृति हो ।
विज्ञापन
जनआन्दोलनका बेला पनि धर्मनिरपेक्षताको माग भएको होइन ।यसबारे बहस पनि भएन । नेताहरू नै भन्छन्, कसले गर्यो, हामीलाई थाहा छैन ।
उनले थपे, अब जसले हाम्रो विचार स्वीकार्छ, त्यही सभापति हुन्छ । शेरबहादुर देउवाले धर्मनिरपेक्षता अनिवार्य भन्नुभएको छैन ।
उहाँले नै त्यो विचार बोक्नुहुन्छ भन्ने विश्वास छ । महाधिवेशनमा हिन्दुराष्ट्रको अभियान चर्काउने उनले दाबी गरे ।
फेसबुक प्रतिक्रियाहरु