आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • दुर्गा प्रसाईँ बने वर्ष उत्कृष्ट नागरिक
समाचार

दुर्गा प्रसाईँ बने वर्ष उत्कृष्ट नागरिक

झापा ।

मेडिकल कलेज संचालक दुर्गा प्रसाईँ वर्ष उत्कृष्ट नागरिकको रुपमा सम्मानित भएका छन् ।

विज्ञापन

बीएण्डसी अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक प्रसाईँलाई सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले सम्मान गरेको हो ।

विज्ञापन

केन्द्रको १०औं वार्षिक उत्सवका अवसरमा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशकसमेत रहेका प्रसाईँलाई सम्मान गरिएको हो ।

विर्तामोड झापालाई नै स्वास्थ्य क्षेत्रको ‘हव’ बनाएको भन्दै प्रसाईँलाई सम्मान गरिएको संस्थाका उपाध्यक्ष सञ्जीव चापागाईंले बताएका छन् ।

सम्मान कार्यक्रममा बोल्दै असाधारण मान्छेले नै चामत्कारिक काम गर्ने भएकाले आफूले पनि स्वास्थ्य क्षेत्रमा हात हालेको प्रतिकृया दिएका थिए । आफूले विर्तामोडमा मेडिकल अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल स्थापित गराउन ठूलो संघर्ष गरेको समेत उनले सुनाए । आफ्नो काम नेपालमा मात्रै नभइ विश्वमै चिनिदै गएको पनि उनले बताएका थिए ।

संचालक प्रसाईँ राजनीतिक र राजनीतिक दलका नेतासँग जोडिएर बेला बेलमा चर्चामासमेत आउने गरेका छन् ।

चारवर्ष अघि नेकपा एमाले र माओवादी केन्द्रको एकताका क्रममा हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीलाई आफ्नो निवासमा मार्सी चामलको खाना खुवाएर चर्चामा आएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस