आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • माओवादीले राष्ट्रिय सम्मेलनमा प्रदेशबाट आउने प्रतिनिधि संख्या बढायो
समाचार

माओवादीले राष्ट्रिय सम्मेलनमा प्रदेशबाट आउने प्रतिनिधि संख्या बढायो

‘न्युनत आठ सय प्रतिनिधि प्रदेशबाट ल्याउने नीतिगत निर्णय भएको छ । तर, सदस्य संख्याका आधारमा प्रतिनिधि थपिन्छन्’ स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले भने । सदस्य संख्याको अनुपातमा प्रदेशहरूबाट प्रतिनिधि थपिनेछन् । कति सदस्य संख्या बराबर एक प्रतिनिधि बनाउने भन्ने अझै निर्णय भएको छैन ।

यसअघि पूर्व परिपत्रमा राष्ट्रिय सम्मेलनका लागि प्रदेशहरूबाट ६ सय प्रतिनिधि आउने जानकारी गराइएको थियो । सोको संशोधन गरी माओवादीको स्थायी कमिटी बैठकले संख्या आठ सय कायम गरेको हो ।

विज्ञापन

सदस्यता नवीकरण जारी रहेकाले महाधिवेशनमा कति प्रतिनिधि सहभागी हुन्छन् भन्ने अझै तय भएको छैन । पुस ११ बाट माओवादीले राष्ट्रिय सम्मेलन गर्दैछ । माओवादीले झन्डै ३१ लाख पार्टी सदस्य बनाउने महत्वकांक्षी संगठनात्मक योजना बनाएको छ ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस