नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैं ठेगान लागिसकेका बताएका छन् ।
विज्ञापन
बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले समय र परिस्थितिले नै ओलीलाई ठेगान लगाइसकेको बताए ।
विज्ञापन
राष्ट्रियसभा चुनाव र रिक्त रहेका पदको चुनावमा एमालेलाई ‘क्लीन स्वीप’ पार्ने दाबी समेत उनले गरे । गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर एमालेलाई ‘क्लीन स्वीप’ पार्ने उनले बताए ।
उच्चस्तरीय राजनीतिक संयन्त्र काम गर्नका लागि बनाएको उनले बताए । प्रतिपक्षी एमालेले संयन्त्रको विरोध गरिरहेको सन्दर्भमा उनले भने, ‘राम्रो नदेख्ने संस्कार भएकाले विरोध गरियो ।’ ५ वटै दलको साझा धारणा बनाउने उद्देश्यका साथ संयन्त्र बनेको उनले बताए ।
एकीकृत समाजवादी पार्टीको लहर देखेर अरु शक्ति आत्तिएका उनले बताए । विप्लव र वैद्यसँग वाम एकता गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।
फेसबुक प्रतिक्रियाहरु