On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • पत्रपत्रिका
  • नारायणगढ-मुग्लिन सडक एसियाली राजमार्ग मापदण्डको बनाइँने
पत्रपत्रिका

नारायणगढ-मुग्लिन सडक एसियाली राजमार्ग मापदण्डको बनाइँने

काठमाडौं ।

सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ ।

विज्ञापन

तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि सन् २०२२ को जनबरीसम्म कम्पनी छनोट गरी विस्तार कार्य सुरु गरिसक्ने सडक विभागका उपमहानिर्देशक तथा नागढुङ्गा–मुग्लिन राजमार्ग खण्ड विस्तार परियोजनाका प्रमुख रामहरि पोखरेलले जानकारी दिनुभयो । रणनीतिक सडक पहुँच तथा व्यापारिक सुधार आयोजनाअन्तर्गत स्तरोन्नति गर्न लागिएको हो ।

विज्ञापन

विस्तारका लागि राजमार्गको नागढुङ्गादेखि नौबिसेसम्म पहिलो खण्ड (१२ किलोमिटर), नौबिसेदेखि मलेखुसम्म दोस्रो खण्ड (४३ किलोमिटर) र मलेखुदेखि मुग्लिनसम्मलाई तेस्रो खण्ड (४० किलोमिटर)का रूपमा छुट्याइएको छ ।

तीनवटै खण्डको कुल लम्बाइ ९५ किलोमिटर छ । विस्तारका लागि यस राजमार्ग खण्डको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्पन्न भई स्वीकृतसमेत भइसकेका छन् ।

उहाँले सो राजमार्ग विस्तारका लागि बोलपत्र आह्वान गरिएकोमा आवेदन दिएका कम्पनीहरूको प्रिक्वालिफिकेसन छनोट प्रक्रियासमेत पूरा भइसकेको जानकारी दिनुभयो । कम्पनीहरूले प्राविधिक प्रस्तावसहित आवेदन दिएका थिए ।

उहाँले भन्नुभयो, “प्रिक्वालिफिकेसन’को क्रममा प्राविधिक प्रस्तावमा समेत छनोट भएका कम्पनीसँग मागिएको आर्थिक प्रस्तावको अहिले मूल्याङ्कन कार्य भइरहेको छ ।” आर्थिक मूल्याङ्कनमा उत्कृष्ट भएका कम्पनीसँग सम्झौता गरी काम सुरु गरिने उहाँले स्पष्ट पार्नुभयो ।

यो सडक एसियाली राजमार्ग मापदण्डअनुसार सात मिटर ‘क्यारिज–वे’ र एकदेखि दुई दशमलव पाँच मिटरसम्म ‘सोल्जर’सहित विस्तार गर्न लागिएको हो । याे खबर गाेरखापत्र दैनिकमा छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस