शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • यो सरकारले कुनै राम्रो काम गर्ला भन्ने आशै छैन : इश्वर पोखरेल
समाचार

यो सरकारले कुनै राम्रो काम गर्ला भन्ने आशै छैन : इश्वर पोखरेल

चितवन ।

नेकपा एमालेका महासचिव इश्व पोखरेलले वर्तमान सरकारले राम्रो काम गर्ला भन्ने कुनै आश नरहेको बताएका छन् ।

विज्ञापन

आज बिहीबार एमाले महाधिवेशन स्थल अवलोकनका लागि चितवनका आएका महासचिव पोखरेलले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

विज्ञापन

 

 

 

वर्तमान सरकारबाट कुनै अपेक्षा नभएकाले पनि राम्रो काम नहुँदा अचम्म नलागेको बताए । उनले भने ‘यो सरकार जुन धरातलमा बनेको छ, यसले कुनै काम गर्ला भन्ने आशै थिएन । त्यसैले राम्रो काम नगर्दा पनि अचम्म लाग्दैन ।’

पोखरेलले पार्टीभित्र १० बुँदे सहमति आधारभूतरुपमा कार्यान्वयन भइसकेको र केही ठाउँमा विवाद भए स्थानीय स्तरबाटै टुंगो लगाउने बताए । उनले पार्टीको महाधिवेशनको तयारीका कामहरु ध्माधम अघि बढेको जानकारी दिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस