बुधबार, कार्तिक २५, २०८३
  • होमपेज
  • समाचार
  • नेपालमा तत्काल सैनिक शासन चाहियो भन्दै प्रधानसेनापतिलाई चिठ्ठी !
समाचार

नेपालमा तत्काल सैनिक शासन चाहियो भन्दै प्रधानसेनापतिलाई चिठ्ठी !

काठमाडौं । मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर–०२ निवासी राकेश कुमार शर्माले तत्काल सैनिक शासन चाहियो भन्दै प्रधानसेनापति प्रभुराम शर्मालाई सम्बोधन गरि चिठ्ठी लेखेका छन् ।

उनले लेखेको चिठ्ठीले राजनीतिमा तरंग ल्याउने संकेत देखिएको हो । यस्तो छ उनले लेखेको चिठ्ठीः-

विज्ञापन

प्रापक:-

विज्ञापन

प्रधानसेनापति प्रभुराम शर्मा ज्यु,

सैनिक मुख्यालय

जंगी अड्डा, भद्रकाली (काठमाडौं)

विषयः मुलुकमा सैनिक शासन चाहिएको छ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देउ । हाम्रो देश रोइरहेको छ सेनाहरु लौ न बचाई देउ ।

प्रधानसेनापति ज्यु प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन प्रधानमन्त्री के।पी। शर्मा ओली, पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, गिरिजा प्रसाद कोइराला, सुशील प्रसाद कोइराला, मन्त्रीहरु, सभामुखहरु, उपसभामुखहरु, ६०१ सभासदहरु, ८८४ सांसदहरू र नेताहरूको कारण हाम्रो मुलुक डुब्न लागि रहेको छ । हाम्रो मुलुक रोइरहेको छ । मुलुकमा सैनिक शासन चाहिएको छ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देउ । हाम्रो देश रोइरहेको छ सेनाहरु लौ न बचाई देउ ।

प्रधानसेनापति ज्यु, प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओली, पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, गिरिजा प्रसाद कोइराला, सुशील प्रसाद कोइराला, मन्त्रीहरु, सभामुखहरु, उपसभामुखहरु, ६०१ सभासदहरु, ८८४ सांसदहरू र नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ ।

प्रधानसेनापति ज्यु प्रधानमन्त्री शेरबहादुर देउवा, के।पी। शर्मा ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल र माधवकुमार नेपाल लगायत नेताहरूले आफ्नो स्वार्थ र महत्त्वाकांक्षाहरु पुरा गर्न मुलुकलाई अफगानिस्तान बनाउन लागि परेका छन । समयमा नै सेनाहरुले शासन सत्ता आफ्नो हातमा लिनुपर्ने आवश्यक छ । नत्र भने नेताहरूले मुलुकलाई युद्ध गर्ने रणभुमि बनाउन लागिपरेका छन ।

प्रधानसेनापति ज्यु मुलुकमा जताततै नेताहरूको कारण विकृति, बेथिति र लथालिङ्ग अवस्था छ । नेताहरूको कारण नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मात्र राजीनामाको विषयलाई लिएर न्यायालयमा हस्तक्षेप हुन गएको व्यहोरा अवगत गराउन चाहान्छु ।

प्रधानसेनापति ज्यु सेनाहरु समयमा सचेत भएन भने आउने दिनहरुमा सशस्त्र प्रहरीहरुको संगठन, जनपथ प्रहरीहरुको संगठन र सेनाहरुको संगठनमा समेत लडाइँ र झगडाको वातावरण सिर्जना भइ विद्रोहहरु हुन सक्छ । यसकारण समयमा नै सेनाहरुको ध्यानाकर्षण भइ अब सेनाहरु चुप लागेर बस्नुपर्ने अवस्था छैन ।

प्रधानसेनापति ज्यु मुलुकलाई निकास दिन दुई तिहाईको सरकार, सत्ता पक्ष, प्रतिपक्ष, शेरबहादुर देउवा, के।पी। शर्मा ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल र माधवकुमार नेपाल लगायत नेताहरू सबै असक्षम साबित भएका छन ।

प्रधानसेनापति ज्यु मुलुकको इतिहासलाई कसैले पनि बिर्सनु हुँदैन मुलुकको विगत देखि आजसम्मको इतिहास हेर्ने हो भने मुलुकलाई निकास दिन नेताहरू निरन्तर असफल हुँदै आएकोले हाम्रो मुलुकमा दलीय व्यवस्था असफल भएको छ । अब सेनाहरुले तत्काल कदम चाल्नुपर्ने अवस्था छ ।

मुलुकमा सैनिक शासन चाहिएको छ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देउ । हाम्रो देश रोइरहेको छ सेनाहरु लौ न बचाई देउ । सेनाहरु आउ देश बचाउ । सेनाहरु आउ देश बचाउ । सेनाहरु आउ देश बचाउ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ३ दिन अगाडि

भर्खरै

सिफारिस