शनिबार, पुस ६, २०८१
  • होमपेज
  • समाचार
  • काँग्रेसलाई महेश बस्नेतको चुनौती– आगामी निर्वाचनमा एमालेसँग ‘सिङ्गल–सिङ्गल’ लड्न आउनुहोस् !
समाचार

काँग्रेसलाई महेश बस्नेतको चुनौती– आगामी निर्वाचनमा एमालेसँग ‘सिङ्गल–सिङ्गल’ लड्न आउनुहोस् !

नेकपा एमालेका युवा नेता तथा केन्द्रीय सदस्य महेश बस्नेतले सुर्खेत आएर नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा ‘सिङ्गल–सिङ्गल’ लड्न चुनौती दिएका छन् । उनले गठबन्धन नगरी एक्लाएक्लै चुनाव लड्न चुनौती दिएका हुन् ।

 

विज्ञापन

सोमबार प्रेस चौतारी नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनताको ताजा जनादेश पाउनका लागि निर्वाचनमा जानुबाहेक विकल्प नरहेको पनि बताए । काँग्रेस फेरि गठबन्धन बनाउने र एमालेलाई हराउने ‘डिजाइन’को साथमा आए ‘हरिविजोग’का साथ हार बेहोर्ने उनको भनाइ छ ।

विज्ञापन

बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै केपी ओलीले देखाएको बाटो हिँड्न नसकेकै कारण समस्या भएको बताए । प्रचण्डले दुई वर्ष कुर्न सकेको भए उहाँ झण्डै दुई तिहाई जनमत होल्ड गर्न सक्ने प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो,’ उनले भने, ‘तर, उहाँले विभिन्न रणनीति खेलेर भुइँमा पछार्ने काम गर्नुभयो ।’ उनले अहिलेको गठबन्धनको सरकार जति लम्बिँदै गयो, केपी ओली र एमाले उतिनै ‘हाईलाईट’ हुने दाबीसमेत गरे ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस