आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • कृष्णबहादुर महराले खोले एमसीसीबारे केपी ओलीको पोल !
समाचार

कृष्णबहादुर महराले खोले एमसीसीबारे केपी ओलीको पोल !

काठमाडौं।

 

विज्ञापन

नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न नपाएको झोकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपालाई विभाजन गरेको पोल खोलेका छन् ।

विज्ञापन

 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अडानकै कारण एमसीसी पास हुन नसकेको बताउँदै प्रवक्ता महराले ओलीले एमसीसी पारित गराउन चाहेको बताए ।

 

बाँकेको कोहलपुरमा योङ कम्युनिस्ट लिग (वाइसीएल) ले आईतवार गरेको शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महराले नेकपा विभाजन गरेर भए पनि ओलीले एमसीसी पास गराउन चाहेको बताएका छन् ।

 

प्रवक्ता महराले भने, ‘माओवादी पार्टी जहिले पनि राष्ट्रिय हितमा उभिन्छ, हाम्रो पार्टीले कहिल्यै राष्ट्रघात गर्दैन ।’ नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्व सभामुख महराले एमसीसी पास गर्न नदिएका कारण अगामी निर्वाचनमा माओवादीलाई हराउन चलखेल हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

 

माओवादी केन्द्रलाई चुनाव हराउन देशीविदेशी शक्तिको चलखेल हुनसक्ने प्रवक्ता महराले बताएका छन् । उनले सहीदका सपना र रगतका कारण आफ्नो पार्टीले राष्ट्रघात नगर्ने ठोकुवा समेत गरेका छन् ।

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस