सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकोले एमाले छाडें : मन्त्री खनाल
समाचार

एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकोले एमाले छाडें : मन्त्री खनाल

चितवन।

वाग्मती प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले एमालेसंँग वैचारिक, सांगठानिक र कार्यशैलीको मतभेदका कारण नेकपा समाजवादी पार्टी स्थापना गर्नु परेको बताएका छन्।

विज्ञापन

शुक्रबार भरतपुर ९ नम्बर वडा कमिटी गठन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै खनालले नेकपा एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकोले आफूले एमाले छाड्नु परेको बताए।

विज्ञापन

केपी ओलीले समाजवादी तथा जनताको बहुदलीय कार्यक्रम नचलाएको भन्दै आफूहरुले पार्टीबाट अलग हुनुपरेको मन्त्री खनालले बताए।

पार्टीको सिद्धान्त र समाजवादी र समृद्धिको बाटो ओलीले बिराएकाले आफूहरु अलग हुनुपरेको उनको भनाइ थियो। मन्त्री खनालले भने, ‘नेकपा एमालेमा डन प्रवृत्ति र बा संस्कृति हाबी भयो। यो प्रवित्तृको विरुद्ध आन्दोलन सुरु हुन्छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस