आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • बाढी प्रभावित क्षेत्रमा पूर्वमन्त्री बीना मगर
समाचार

बाढी प्रभावित क्षेत्रमा पूर्वमन्त्री बीना मगर

काठमाडाैं।

पूर्व खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले कञ्चनपुर क्षेत्र नम्बर १ का बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेकी छिन् । क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेकी पुर्वमन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्रमा भएको वाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेकी हुन्।

विज्ञापन

 

विज्ञापन

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका बेलौरीका मेयर पोतिलाल चौधरीले आइतबारदेखि पुर्वखानेपानीमन्त्री मगरले बाढिप्रभावित क्षेत्र र बाढिपीडितसँग छलफल गरेको बताए । उनले भने ‘उहाँले स्थानीय सरकारसँग समन्वय गरेर बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन र पीडित परिवारसँग छलफल गर्नुभएकाे छ। हामी संघ र स्थानीय जनप्रतिनिधिले संयुक्त रुपमा अनुगमन गरिरहेका छौँ ।’

 

 

बेलौरीका ६, ७, ८, ९, १० वडासहित बाढी प्रभावित क्षेत्र, दोदाको कटानी र पूनर्वासका केही बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिएको उनले बताए । उनले भने ‘पहिलो दिन दुई पालिका क्षेत्रका बाढी पीडितसँग भेटघाट गर्नुभयो। भोलि लालझाडीसहित पूनर्वास क्षेत्रको बाढी प्रभावित क्षेत्रमा जानुहुन्छ।’

 

बाढी प्रभावित क्षेत्रमा पुगेर पूर्वमन्त्री मगरले पीडितहरुका लागि संघीय सरकारसँग न्यायोचित राहत, पूनर्स्थापना एवं उचित क्षतिपूर्तिको मागका लागि आफूले पहल गरिरहेकाे बताइन्। आफ्नो निर्वाचन क्षेत्रमा बाढीपीडित जनतासँग भेटघाट र प्रभावित क्षेत्रको अनुगमन गर्दै उनले बाढीपीडित जनतालाई उचित राहत, पूर्नस्थापना र बाढीबाट क्षतिग्रस्त भएका भौतिक संरचना, खेतबारी, सडक एव सार्वजनिक क्षेत्रको सरकारले पूर्नस्थापना गर्दै, क्षेत्र नं १ का दोदा, चौधर, झर्नाखोला लगायतका सानाठुला खोला तथा नदीको कटानी नियन्त्रणका लागि दीर्घकालिन योजना ल्याउन समेत संघीय सरकारसँग आग्रह गरेकी छिन् ।

 

नेकपा माओवादी केन्द्र खानेपानी विभागकी संयोजक समेत रहेकी मगरले बाढी प्रभावित क्षेत्रमा खानेपानीको अभाव भएकाले सो तर्फ समेत ध्यान दिन आग्रह गरेकी छिन्। निर्वाचित संसद जनताको दुःख पीँडा बुझ्नका लागि घरमै आएको भन्दै पीडितले संसद मगरप्रति आभार प्रकट गरेका छन्। बेलौरी नगरपालिका १० शिवनगरका बाढी पीडित रतन चौधरीले निर्वाचित भएकी सांसद पीडितको पीँडा बुझ्नका लागि आएकोले आफूमा ठूलो आस जागेकाे बताए।

 

आफ्नाे क्षेत्रका बाढी पीडितको स्थलगत अनुगमन गरेकी मगरले स्थानीय, प्रदेश र संघीय सरकार मिलेर पीडितलाई न्यायोचित राहत, क्षतिपूर्ति एवं पूर्नस्थापना सम्बन्धमा सक्दाे पहल गर्ने बताउँदै आफूले त्यसका लागि तीनै सरकारलाई राहतका लागि घचघच्याउने प्रतिबद्धता समेत व्यक्त गरिन्।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस