On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, मंसिर १७, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • वकिलभन्दा न्यायाधीश क्रान्तिकारी ! प्रधानन्यायाधीशको पद धरापमा !
समाचार

वकिलभन्दा न्यायाधीश क्रान्तिकारी ! प्रधानन्यायाधीशको पद धरापमा !

पटक–पटक विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार सर्वोच्च बारका पदाधिकारीसँगको भेटमा रक्षात्मक अवस्थामा उभिए।कहिले सरकारमा
भाग खोजेको, कहिले राजनीतिक नेतृत्वसँग बार्गेनिङ गरेको त कहिले संवैधानिक आयोगहरूमा भागबण्डा खोजेको आरोपको जवाफ दिने कठघरामा उनी थिए । तर, प्रधानन्यायाधीश र

बारबीच अघोषित सम्झौतामा बैठक टुङ्गियो । पेसी तोक्ने सम्बन्धमा प्रधानन्यायाधीश जबरा स्वेच्छाचारी बनेको र अदालतमा सेटिङ चलेको भन्दै न्यायालय सुधारका लागि पहल थाल्न दबाबस्वरुप बारको टोली आइतबार प्रधानन्यायाधीशसँग भेटघाटमा थियो ।अन्य समयमा आक्रामक बन्ने प्रधानन्यायाधीश जबरा आइतबार बारका पदाधिकारीसँगको छलफलमा भने ज्यादै नम्र देखिए । उनीमाथि लागेका आरोपमाथि कठघरामा उभिएको अभियुक्तले झैँ उनले सवालको जवाफ मात्रै दिइरहे । अर्थात् आफ्नो बचाउको सकेसम्म प्रयत्न गरे ।बारको प्रतिनिधिमण्डलले सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) को माग गर्‍यो । बारको मागबमोजिम प्रधानन्यायाधीशले सोमबार नै फूलकोर्टको बैठक राख्ने प्रतिबद्धता पनि जनाए । अनि फूलकोर्ट बैठकमा बारका प्रतिनिधिलाई पनि आमन्त्रण गरे ।अन्ततः १४० मिनेटको छलफलपछि प्रधानन्यायाधीश राणाले सन्तोषको सास फेरे । किनभने, बारका पदाधिकारीहरूले फूलकोर्टको बैठकमा सहमति मात्रै जनाएका थिएनन्, त्यो बैठकमा पर्यवेक्षकका रूपमा बस्न उनीहरू राजीसमेत भएका थिए । त्यसैगरी गोलाप्रथाबाट पेशी तोक्ने प्रधानन्यायाधीशको प्रतिबद्धतापछि वकिलहरू चित्त बुझाएर हिँडेका थिए ।

विज्ञापन

जब वकिलभन्दा ‘क्रान्तिकारी’ निस्किए न्यायाधीश
फूलकोर्ट र गोलाप्रथामा चित्त बुझाएर बारका पदाधिकारीहरू सर्वोच्चबाट बाहिर निस्कन नभ्याउँदै बहुमत न्यायाधीशहरूको बेग्लै बैठक बस्यो र उनीहरूले ‘क्रान्तिकारी’ निर्णय सुनाउँदै सोमबार प्रधानन्यायाधीशद्वारा बोलाइएको सर्वोच्च अदालतको पूर्ण बैठक बहिस्कार गर्ने सामूहिक निर्णय गरे । जसले प्रधानन्यायाधीश जबरालाई गम्भीर धक्का दिएको छ । सर्वोच्चका न्यायाधीशहरूले पनि केही दिनदेखि प्रधानन्यायाधीशलाई फूलकोर्ट बैठक राख्न अनुरोध गरिरहेका थिए । प्रधानन्यायाधीशको सम्बन्धमा आएका समाचारले न्यायालयको गरिमामा आँच आएको र न्यायपालिकामाथि जनविश्वास घटेको भन्दै यही विषयमा छलफल गर्न न्यायाधीशहरूले फूलकोर्टको माग गरेका थिए ।

विज्ञापन

तर, आइतबार प्रधानन्यायाधीशले फूलकोर्ट बोलाउनुको साटो हरिकृष्ण कार्की संयोजक रहेको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने विषयलाई मात्रै एजेण्डाका रूपमा राखेर सोमबारका लागि फूलकोर्टको बैठक आह्वान गरेपछि आइतबार सर्वोच्चका अन्य न्यायाधीशहरू बेग्लै बैठकमा जुटेका हुन् ।आइतबार प्रधानन्यायाधीशबाहेकका अन्य न्यायाधीश सम्मिलित अनौपचारिक बैठकले सोमबारका लागि प्रधानन्यायाधीशले बोलाएको सर्वोच्चको पूर्ण बैठकमा सहभागी नहुने निर्णय सुनाएपछि अदालतको अन्तर्विरोध थप सघन बनेको छ । छलफलमा सहभागी एक न्यायाधीशका अनुसार छलफलको विषय एकातिर हुनुपर्नेमा अर्कै विषयलाई ल्याएर छलफल गर्न खोजिएपछि बैठकमा सहभागी नहुने निर्णय गरिएको हो ।

न्यायाधीशहरूको माग अहिले प्रधानन्यायाधीशकै सम्बन्धमा उठेका विषयमाथि छलफल गर्नुपर्छ भन्ने थियो । तर, प्रधानन्यायाधीशले नेपाल बार एसोसिएसनको सहयोग लिएर विषयान्तर गर्न फूलकोर्टको बैठक डाकेपछि उक्त बैठकलाई बहिष्कार गर्ने निर्णय गरिएको सर्वोच्चका न्यायाधीशको भनाइ छ ।बैठकमा सहभागी एक न्यायाधीशले रातोपाटीसँग भने, ‘एजेण्डा र मुद्दा एकातिर छ । तर, नेपाल बारको सहयोग लिएर प्रधानन्यायाधीशले विषयान्तर गर्न अर्कै एजेण्डामा पूर्ण बैठक डाक्नुभयो । अनि न्यायाधीशहरू रहने बैठकमा बारका प्रतिनिधिलाई बोलाइयो । बारका प्रतिनिधिलाई गलत नियतका साथ बोलाइएको र मूल विषय छाडेर सहायक विषयमा छलफल गर्न लागिएकाले उक्त बैठकमा सहभागी नहुने निर्णय गरेका हौँ ।’

ती न्यायाधीशले अगाडि भने, ‘आज बैठकमा सहभागी भएका न्यायाधीशहरू भोलि बिहान ११ बजे पनि बैठकमा बस्दैछौँ । भोलिको बैठकबाट आगामी कदमबारे निर्णय हुनेछ ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस