मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • समाचार
  • राजेश हमाललाई रोशनी शाहीको प्रश्न: कहिले हो, शुभ समाचार सुन्न पाइने?
समाचार

राजेश हमाललाई रोशनी शाहीको प्रश्न: कहिले हो, शुभ समाचार सुन्न पाइने?

एकताका पूर्वसभामुख कृष्णबहादुर महरासँग विवादमा तानिएकी रोशनी शाहीले अभिनेता राजेश हमालप्रति कटाक्ष गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले नायक हमालको व्यक्तिगत जीवनप्रति प्रश्न गरेकी हुन्।

विज्ञापन

फेसबुकमा अभिनेता हमाल र उनकी पत्नी मधु भट्टराईको तस्बिरसहित रोशनीले लेखेकी छन्, ‘राजेशज्यू, कहिले हो शुभ समाचार सुन्न पाइने? भर्खर घुँडाको स्टाइल बनाउँदै हुनुहुन्छ, यस्तै चाला हो भने ६० वर्षमा त पक्कै होला। ५२–५५ त भैसक्नुभयो।’

विज्ञापन

शुभ समाचार र उमेरको कुरा गरेर रोशनीले हमाललाई पक्कै सन्तान उत्पादनको प्रश्न गरेकी होलिन्।

यस क्रममा रोशनी शाहीले आफू पाटन क्याम्पस पढ्दा राजेश हमालसँग भेटको स्मरण पनि गरेकी छन्।

अगाडि लेखेकी छन्, ‘​​ऊबेला पाटन क्यम्पसअगाडि आउँदा तपाइँलाई भेट्न हामी मरिमेट्थेउँ। त्यतिबेलाको मेरो कपीको पानामा तपाईँले आफ्नो प्लस मेरो नाम लेखेको धमिलो भए पनि प्रस्ट बुझिन्छ। ढिलै भए पनि दसैंको शुभकामना।’

सामाजिक सञ्जालमा राजनीतिक दलका नेता तथा कार्यकर्ताविरुद्ध टिकाटिप्पणी गरिरहने शाहीले यसपटक अभिनेता हमालविरुद्ध स्टाटस लेखेकी हुन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस