बिहिबार, अशोज २९, २०८२
  • होमपेज
  • समाचार
  • माधव नेपालले टुंग्याए चार मन्त्रीको जिम्मेवारी, स्वास्थ्यमन्त्री बन्दै रामकुमारी झाँक्री
समाचार

माधव नेपालले टुंग्याए चार मन्त्रीको जिम्मेवारी, स्वास्थ्यमन्त्री बन्दै रामकुमारी झाँक्री

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो भागमा परेका चार मन्त्रालयमा पठाउने नाम टुंगो गरेको छ।

बिहीबार बसेको स्थायी कमिटीको म्याण्डेट बमोजिम अध्यक्ष नेपालले महासचिव बेदुराम भुसालसहितका केन्द्रीय सचिवालयका नेताहरुसँगको छलफलपछि चारै मन्त्रीको नाम टुंग्याएका हुन्।

विज्ञापन

जसअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले बन्दैछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा रामकुमारी झाँक्रीको नाम पक्का भएको छ।

विज्ञापन

सहरी विकास मन्त्रालयमा विरोध खतिवडालाई पठाइने भएको छ। खतिवडाले नै यो पार्टीबाट सरकारमा नेतृत्व गर्ने भएका छन्।

माधव नेपालले श्रम मन्त्रालयमा किसान श्रेष्ठलाई पठाउने भएका छन्। राज्यमन्त्रीमा भवानी खापुङलाई पठाउने तयारी भएको छ।

समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले यीनै नाममा लगभग सहमति भए पनि भोलि बिहान बस्ने सचिवालय बैठकल औपचारिक निर्णय गर्ने बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। मन्त्रीहरुको सपथ पनि भोलि ४ बजेलाई तोकिएको छ।

माओवादी केन्द्रले पनि बुधबारै मन्त्री टुंगो लगाएको छ। जनता समाजवादी पार्टी, नेपाल र नेपाली कांग्रेसले भने अझै मन्त्रीको टुंगो गरिसकेका छैनन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस