काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले विधान महाधिवेशनबाट मात्रै अध्यक्ष केपी शर्मा ओलीलाई शक्तिशाली बनाईएको भन्ने कुरामा सत्यता नभएको बताएका छन् । उनले यो पार्टीको स्थापनादेखि नै ओलीलाई शक्तिशाली बनाउने संरचना बनाईएको सुनाए ।
उनले अध्यक्ष ओली शक्तिशाली भए भन्नु सत्य भएपनि आफ्नै घर भत्काएर एउटा कोठामा अब कोही पनि आउन पाउँदैन भनेर के पाईन्छ ? भन्दै प्रश्न गरे ।
विज्ञापन
उनले भने,‘नेकपालाई बचाउन सकेको भए उहाँ शक्तिशाली हुनुहुन्थ्यो । अरु पनि शक्तिशाली नेता हुन्थे । शक्तिशाली नेताहरुलाई पार्टीबाट लखेटेर म शक्तिशाली भएँ भन्नुको कुनै अर्थ छ र ?’ उनले नेकपाभन्दा बढि शक्तिशाली अहिलेको नेकपा (एमाले) नभएको पनि जिकिर गरे ।
विज्ञापन
एमालेको गोदावरीमा सम्पन्न विधान महाधिवेशन पार्टी विभाजन भएपनि म बलियो छु है भनेर देखाउने काम भएको उनको भनाई छ । उनले एमालेमा अहिले ओलीले जस्तो नीति र विधान बनाउँछु भन्यो त्यही बन्ने पनि अवस्था सुनाए । अहिले एमालेले ओलीलाई हेरेर विधान बनाएको पनि उनको आरोप छ ।
फेसबुक प्रतिक्रियाहरु