सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • ‘माओवादी केन्द्रले बरु सरकार छाड्छ तर एमसीसी पारित गर्दैन’
समाचार

‘माओवादी केन्द्रले बरु सरकार छाड्छ तर एमसीसी पारित गर्दैन’

नेकपा माओवादी केन्द्रका नेता एवं बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलालले आफ्नो पार्टी कुनै हालतमा एमसीसी पारित गर्ने पक्षमा नरहेको दाबी गरेका छन्।

 

विज्ञापन

शुक्रबार बिहान एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवास (खुमलटार) पुगेर गरेको भेटवार्तापछि नेता दुलालले आफ्नो पार्टी बरु सरकार छाड्न तयार रहेको तर एमसीसी अनुमोदन गर्ने पक्षमा नरहेको प्रतिक्रिया दिएका हुन्।

विज्ञापन

 

‘चर्चा तस्बिर कूटनीतिको छ, यतिबेला। माओवादी केन्द्रले सरकार बाहिर छँदा पनि एमसीसी यथास्थितिमा पास हुँदैन भनेकै हो, सभामुख महरा र सभामुख सापकोटामार्फत केपी ओली सरकारको चर्को दबाबलाई सामना गरेर रोकेकै हो र अहिले सरकारमा छँदा पनि बृहत् राष्ट्रिय सहमति नभई यथास्थितिमा पास गर्न सकिँदैन भनेकै हो,’ प्रचण्ड–सुमार भेटको तस्बिरसहित नेता दुलालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यथास्थिति र राष्ट्रिय सहमति कूटनीति भाषा हुन्। माओवादी राष्ट्रिय सुरक्षामा चुनौतीपूर्ण संशय रहेको एमसीसी पारित गर्ने पक्षमा छैन, माओवादी सरकार छोडेर बरु सडकमा आउँछ तर एमसीसी पारित गर्दैन। स्पष्ट विचार र राष्ट्रियताको सवालमा विदेशीसामु झुक्न हुँदैन भनेर स्पष्ट धारणा बोकेको पार्टी हो माओवादी।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस