शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • मध्यमार्गीलाई ओलीको चाहना अनुसारको जिम्मेवारी दिइने, जेठ २ को रटान सकियो
समाचार

मध्यमार्गीलाई ओलीको चाहना अनुसारको जिम्मेवारी दिइने, जेठ २ को रटान सकियो

काठमाडौं । 

पार्टी विभाजन भएपछि नेकपा एमालेले फेरि स्थायी कमिटि बैठक बोलाएको छ ।बैठक शुक्रबार चार बजे बस्नेगरी नेताहरूलाई खबर गरिएको एमाले केन्द्रीय कार्यालय सचीव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

विज्ञापन

तामाङका शुक्रवार बस्ने बैठकमा विधान महाविधेशनमा प्रस्तुत हुने प्रस्ताव तथा तयारीको बारेमा छलफल हुनेछ।एमसीसीको दौडधुप र सत्ता गठबन्धनमा समस्या आएको बेला बोलाइएको स्थायी कमिटि बैठकलाई फरक नजरले हेरिएको छ । तर बैठकमा विधान महाधिवेशनको तयारी बारे छलफल हुने बताइएको छ ।

विज्ञापन

एमालेको विधान महाधिवेशन असोज ४ र ५ गते काठमाडौंमा हुँदैछ । त्यसअघि विधान मस्यौदामाथि देशभर छलफल गरेर सुझाव मागिएको छ ।स्थायी कमिटी बैठकले प्रस्तावमाथि छलफल गरि आवश्यक सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्नेछ । एमालेको केन्द्रीय कमिटी बैठक असोजर १ र २ गते बस्ने बताइएको छ ।

विधान मस्यौदामा प्रस्तावित कतिपय विषय स्थायी कमिटीमा सहमतिका आधारमा हेरफेर हुन सक्ने नेताहरुले बताएका छन् । खासगरी माधव नेपाललाई छोडेर एमालेमै रहेका नेताहरूले एमालेले प्रस्तावका लागि पठाएको पछिल्लो विधान नस्वीकार्ने देखिएको छ । अध्यक्ष र महासचिव बाहेक सबैको मनोनयन हुने बुँदामा उनीहरूको आपत्ति छ ।

तर अध्यक्ष केपी शर्मा ओलीले भने शुक्रवारको बैठकमा नेताहरूको प्रस्तुति हेरेर स्थायी कमिटीका नेताको जिम्मेवारी समेत हेरफेर गर्ने तयारी गरेका छन् । नेताहरूले ओलीले उठाएका बिषयमा कसरी प्रस्तुत हुनछन् सोहिअनुसार उनीहरूलाई जिम्मेवारी दिने तयारी भएको स्रोतले बतायो ।

बाहिर पार्टीलाई जेस्ठ २ गते फर्काएको हल्ला चलाएपनि माधव नेपाल छाडेर एमालेमै बसेका नेताहरु जिम्मेवारीबिहिन बनेका छन् । उनीहरूको जिम्मेवारीलाई लिएर विभिन्नखाले प्रश्नहरू उठिरहेका छन् । यस्तो अवस्थामा ति नेताहरूलाई बैठकको प्रस्तुति अनुसार जिम्मेवारी दिने तयारी गर्नुले एमाले जेस्ठ २ मा नफर्केको संदेश दिन खोजेको देखिन्छ ।

एकातिर अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले एमाले जेस्ठ २ मा फर्किन नसक्ने भन्दै सार्वजनिक रूपमा भन्दै आइरहेका छन् भने एमालेमा फर्केका मध्यमार्गी नेताहरू भन्दा पूर्वमाओवादीका नेताहरू एमालेमा हाबी हुँदै गएपछि ब्यापक असन्तुष्टि पैदा भएको छ ।

नेताहरूको जिम्मेवारी परिभाषित नभएकाले स्थायी कमिटीमा अध्यक्ष ओलीले यसबारे टुंगो लगाउने बताइएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस