आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • राजनीति
  • मैले आगोसँग नखेल्नुहोस् भनेकै थिएँ, अहिले त ओलीले देखे होलान् : प्रचण्ड
राजनीति

मैले आगोसँग नखेल्नुहोस् भनेकै थिएँ, अहिले त ओलीले देखे होलान् : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कथित मधेशका मसिहाबाट मधेशी जनताको मुक्ति सम्भव नरहेको बताएका छन्। सर्लाही समन्वय समिति काठमाडौंले सोमबार जोरपाटीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेसी जनताको अधिकारका निम्ति लडिराख्ने पार्टी माओवादी नै भएको जिकिर पनि गरे।

‘माओवादीले मात्रै मधेशी जनतालाई मुक्ति दिलाउन सक्छ। दलालहरू मधेशको मसिहा बनेर लुट्न खोजेका छन्। उनीहरूबाट सावधान भएर बस्नुस्,’ उनले भने, ‘यो पार्टी प्रवेशले के सन्देश दियो भने अव मधेसमा अरू पार्टी हुने छैनन्। माओवादी केन्द्रले कब्जा गर्नेछ।’

विज्ञापन

प्रचण्डले माओवादीलाई बदनाम गराउन गौर हत्याकाण्ड गरेर मधेशमा भ्रम छरिएको जिकिर गर्दै त्यस्ता भ्रमलाई चिर्न निर्देशन दिए। प्रदेश २ माओवादीमय नभएसम्म मधेशी जनताले अधिकार पाउन नसक्ने उनले बताए। माओवादीले मत नपाउँदा विगत तीन वर्षको परिणाम सबैले भोगिसकेको उनको भनाइ थियो।

विज्ञापन

केपी ओलीले परिवर्तनको विरोध गरेर संघीयता, लोकतन्त्र र संविधानलाई धरापमा पार्ने काम गरेको उनले बताए। प्रचण्डले प्रतिगामी र प्रतिक्रान्तिकारीहरू पछारिए पनि उनीहरू अझै चलमलाउने प्रयास भइरहेको बताए। ‘प्रतिक्रान्तिकारीहरू पछारिएका छन्। केही दिनपछि एक नम्बर र बागमती प्रदेशमा पनि उनीहरू ढल्नेछन्,’ उनले भने।

प्रचण्डले आफूले पुन:स्थापित संसदमा ओलीलाई आगोसँग खेलेर गल्ती गरेको भन्दै त्यसको परिणाम राम्रो नहुने भनेको कुरा स्मरण गरे। ‘मैले माओवादी आगो हो, आगोसँग खेल्दैछौं, सावधानी अपनाऊ भनेर ओलीलाई संसदमै भनेको हो,’ उनले भने, ‘मैले त भनेकै थिएँ नि, अहिले त केपी ओलीले देखे होलान्।’ प्रचण्डले भोलि गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयलाई अन्तिम रूप दिइने बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस