आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • विशेष
  • मदन भण्डारीको शव ५ माझीले देखेका थिए, गाडीको अवस्थाबारे यस्तो थियो रिपोर्ट
विशेष

मदन भण्डारीको शव ५ माझीले देखेका थिए, गाडीको अवस्थाबारे यस्तो थियो रिपोर्ट

काठमाडौं– दासढुंगा रहस्यमय दुर्घटनामा परेका नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको शव तीन दिनपछि मात्र फेला परेको प्रतिवेदन तयार पारिएको थियो।

दुर्घटना भएको ३ जेठ ०५० सालको दिन संगठन विभाग प्रमुख तथा स्थायी समिति सदस्य जिवराज आश्रितको शव फेला परे पनि भण्डारीको फेला पर्न सकेको थिएन।

विज्ञापन

५ जेठका दिन मात्रे उनको शव पहिचान गरिएको थियो। एमालेले बनाएको तत्कालिन छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएअनुसार चितवनका जिल्ला कमिटी सदस्य हरि सापकोटाले भण्डारीको शवको सनाखत गरेका थिए।

विज्ञापन

भण्डारीको शव ४ जेठमा गाजीपुर भन्ने ठाउँको भंगालोमा अल्झिएको त्यहाँ माछा मारिरहेका हेमबहादुर थापा, श्याम थापा, कृष्णराज ठकुरी र टेकबहादुर आलेले देखेका थिए।

उनीहरूले होटल राम लक्ष्मणका रेवती कुमालसँग लाश देखेको चर्चा गरेपछि खोजी कार्य भएको थियो। भण्डारीको शवमा छालाको पेटीले कसिएको पाइन्ट भेटिएको थिएन।

यसलाई छानबिन समितिले रहस्यमयी भनेको थियो।

गाडीको अवस्था यस्तो थियो

दुर्घटना भइसकेपछि निकालिएको जीपको अवस्थाका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त प्रतिवेदनअनुसार जीपको फुटब्रेक, क्लज, ब्रेक पाइप, एस्सिलेटर, ब्रेक आयल, चारै चक्का र हावा, स्टेरिङ र राइडर राम्रो अवस्थामा थिए।

यसैगरी, ट्रान्समिसन गियर न्युट्रल, हेन्ड ब्रेक पोखरामा नै बिग्रिएको, मेन गियर १ नम्बर पोजिशनमा, साँचो गायब तर स्वीच अन भएको, स्टेरिङ ब्लक नभएको, चालकको ढोका खुलेको, अन्य ढोका बन्द गरिएको, दाहिने हेडलाइट ठिक तर बायाँ फस्किएको, दुर्घटनामा परेका कारण गाडीको बडी कुच्चिएर बायाँ लर्किएको, ब्याक लाइटको सिसा चर्किएको, साइडलाइट सिसा फुटेको, चालक सिटको हेडरेस्ट भाँच्चिएको, भण्डारी बसेको सिटको हेडरेस्ट यथावत, इन्जिन ठिक अवस्थामा रहेको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस