शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • Breaking News
  • यो सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ- नेपाल
Breaking News

यो सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ- नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सामना गर्ने आँट गर्नुपर्ने टिप्पणी गरेका छन् ।

शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै एकीकृत समाजवादी अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने टिप्पणी गरेका हुन् ।

विज्ञापन

उनले भने, ‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौं । यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ । हाम्रो पार्टीहरूको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ ।’

विज्ञापन

अध्यक्ष नेपालले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

राष्ट्रिय महत्वको, सरोकारको विषयमा व्यापक छलफल गरेर अगाडी बढ्नु पर्नेमा दुई दलले मात्र खुसुक्क सहमति गर्नु आपत्तिजनक रहेको उनले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस