शुक्रबार, भदौ २६, २०८२
  • होमपेज
  • समाचार
  • चितवन राष्ट्रिय निकुञ्जमा १० महिनामा मरे २१ एकसिंगे गैँडा
समाचार

चितवन राष्ट्रिय निकुञ्जमा १० महिनामा मरे २१ एकसिंगे गैँडा

चितवन।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा दुर्लभ एकसिंगे गैँडा मरेका छन्। १९ गैँडा विविध कारणले मरेका हुन्। चोरी शिकार गर्नेले दुई गैँडा मारेका हुन्।

विज्ञापन

 

विज्ञापन

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका गैँडामध्ये सात भाले, सात पोथी र पहिचान नभएका सात छन्।

 

दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि र करेन्ट लागेर गैँडा मर्ने गरेका छन्। संख्या बढेपछि बासस्थानका कारण गैँडा मर्ने क्रम बढेको बताए। यसका लागि निकुञ्जले नयाँ सिमसार क्षेत्रको व्यवस्थापन, पुरानाको मर्मत र घाँसेमैदान व्यवस्थापन गरिरहेको उनले जानकारी दिए।

गत आर्थिक वर्षमा १३ भाले, सात पोथी र एउटा पहिचान हुन नसकेको गैँडा मरेका थिए। हाल निकुञ्जमा ६९४ गैँडा छन् । दुर्लभ एकसिङ्गे गैँडाका लागि उपयुक्त बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या धेरै भएपछि निकुञ्जले केही गैँडा आन्तरिक स्थानान्तरण गरेर पूर्वी क्षेत्रमा लगेको छ। रासस

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस