शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • व्यवस्था र अवस्था दुवैमा परिवर्तन आएको छ : ओली
Breaking News

व्यवस्था र अवस्था दुवैमा परिवर्तन आएको छ : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने कुरा गलत भएको बताएका छन् ।

शनिबार ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित ‘संघर्षशील योद्धाहरु’ पुस्तक लोकार्पणमा बोल्दै ओलीले अवस्थामा पनि परिवर्तन आएको दाबी गरे ।

विज्ञापन

‘अहिले महिलाहरु मन्त्री, माननीय भइसक्नु भएको छ । ४० प्रतिशत महिलाहरु जनप्रतिनिधि छन् । सरकारी निकायमा ३३ प्रतिशत कार्यान्वयन गरिएको छ । संसदमा कार्यान्वयन गरिएको छ, रोजगारका क्षेत्रमा आरक्षण गरिएको छ,’उनले भने ।

विज्ञापन

महिला जागरण, सशक्तिकरण, आरक्षणको लागि एमालेले प्रभावकारी भूमिका निर्वाह गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले समानुपातिकमा आरक्षण तय गर्दा केही कमजोरी भएकाले त्यसलाई सच्याउनुपर्ने बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस