बिहिबार, भदौ ४, २०८२
  • होमपेज
  • समाचार
  • बिक्रम पाण्डे माडीमा दुर्लभ भेटिने जनप्रतिनिधि : युवा नेता सन्तोष पनेरु
समाचार

बिक्रम पाण्डे माडीमा दुर्लभ भेटिने जनप्रतिनिधि : युवा नेता सन्तोष पनेरु

चितवन । नेकपा (माओवादी केन्द्र)का माडी नगर उपाध्यक्ष सन्तोष पनेरुले ‘चितवन ३ का प्रतितिनिसभा सदस्य बिक्रम पाण्डे माडीमा दुर्लभ भेटिने जनप्रतिनिधि’ भन्दै निराशा व्यक्त गर्नुभएको छ ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीद्वारा आयोजित खिचरा उत्सव तथा थारु सम्बत् २६४७ विशेष मेलाको समापन कार्यक्रममा राजनैतिक दलहरुका तर्फबाट बोल्दै माओवादी केन्द्रका युवा नेता पनेरुले ‘सांसद पाण्डे सरकारसंग लडेर माडी विकासको नेतृत्व गर्ने आशा गरिएपनि पुरा हुन नसकेको’ टिप्पणी गर्नुभयो ।

विज्ञापन

संघीय सरकारबाट माडी नगरपालिकालाई प्राप्त हुने नियमित बजेटबाहेक ६५ लाखमात्रै माडी आउन सकेको उल्लेख गर्दै पनेरुले ‘सांसद पाण्डेको पहलबाट माडी क्षेत्रमा एकबित्ता पिच र ‘गरीबको घरमा एकटुक्रा टिन पनि लाग्न नसकेको’ आरोप लगाउनुभयो ।

विज्ञापन

सांसद पाण्डेले सुकुम्बासीलाई लालपूर्जा वितरणको क्षेत्रमा कुनै पहल लिन नसकेको र पाण्डेकै राजनैतिक स्वार्थका कारण गत आर्थिक बर्षमा रीउ करिडोर निर्माणको चार करोड रुपैंया बजेट फ्रिज भएको पनि पनेरुको आरोप थियो ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस