शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • १४ वर्षीया बालिकालाई बलात्कार गर्ने नगर प्रहरी र सरकारी कर्मचारी पक्राउ, पीडितको पेटमा १८ हप्ताको गर्भ
समाचार

१४ वर्षीया बालिकालाई बलात्कार गर्ने नगर प्रहरी र सरकारी कर्मचारी पक्राउ, पीडितको पेटमा १८ हप्ताको गर्भ

काठमाडौं । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको खुलेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ गरेको हो ।

 

विज्ञापन

पाँच जना पक्राउ परेपनि अन्य चार जना फरार छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका-१४ घर भई गमगढी बजारमा बस्दै आएकी पीडितमाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

विज्ञापन

प्रहरीले छायाँनाथ रारा नगरपालिका-५, कार्कीवाडाका ३० वर्षीय नगर प्रहरी वसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका-८ का २२ वर्षीय वसन्त रोकाया लगायत १४ वर्ष मुनिका ३ जना नाबालकहरूलाई पक्राउ गरेको छ । बलात्कारमा संलग्न भएको आरोप लागेका कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायत र अन्य ३ जना नाबालकहरू भने फरार रहेको मुगुका प्रहरी नायव उपरीक्षक डिएसपी) वीरेन्द्रबहादुर थापाले जानकारी दिए ।

पीडितले दिएको जाहेरीका आधारमा उनीहरूले भदौ र असोजमा गरी पटक-पटक बालिकामाथि सामूहिक बलात्कार गरेको खुलेको हो । बालिकाको पेटमा १८ हप्ताको गर्भ रहेको समेत खुलेको छ । पीडितले दिएको जोहरीअनुसार १० असोजमा नगर प्रहरी वसन्तबहादुर कार्कीले डेरामा आएर एकछिन काम छ भन्दै बाहिर बोलाएका थिए । डेराबाहिर आएकी बालिकालाई उनले हातमा समाएर कृषि विकास कार्यालयको भवन पुर्‍याएको अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि अनेक लालचमा पारेर नगर प्रहरी कार्की, वसन्त रोकाया र पदमबहादुर कठायतले आफूलाई करणी गरेको बालिकाको आरोप छ । प्रहरीले पक्राउ परेकाहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस