सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुरका दुई मुख्य सडकको भूमिगत विद्युतीकरण ६० प्रतिशत सकियो
Breaking News

भरतपुरका दुई मुख्य सडकको भूमिगत विद्युतीकरण ६० प्रतिशत सकियो

चितवन। भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा सुरु भएको भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण भइरहेको हो ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार पाइप बिच्छ्याउने काम ८० प्रतिशत सम्पन्न भएको छ । सडक छेउमा उपकरण राख्नका लागि फाउण्डेसनको काम ४० प्रतिशत र तार बिच्छ्याउने काम २५ प्रतिशत सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

विज्ञापन

उहाँका अनुसार भूमिगत विद्युतीकरणका लागि पाइप भूमिगत गर्ने एचजिडी मेसिन तीन वटाले काम गरिरहेका छन् । ठेकेदार कम्पनीले चार वटा समूहमा चार स्थानबाट काम गरिरहेको उहाँले बताउनुभयो ।

विज्ञापन

भारतको टाटा प्रोजेक्ट लिमिटेडले विद्युतीकरणको काम गरिरहेको उहाँले जानकारी दिनुभयो । यो कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गरिरहेको छ । सुवेदीका अनुसार अमेरिकी डलरमा टेण्डर भएकाले रकम सामान्य तलमाथि हुने भए पनि ठेक्का रकम रु २ अर्ब ५० करोड हाराहारी हुन आउँछ ।

भरतपुर बाइपास सडकको पूरै र छ लेनको पुलचोकदेखि केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिने उहाँले जानकारी दिनुभयो । बसपार्कबाट गोन्द्राङ्सम्मको ३३ केभिएलाई मात्र पहिलो चरणका भूमिगत गरिने छ । सन् २०२४ को जनवरीसम्ममा काम सम्पन्न गर्ने गरी काम गरिएको भए पनि केही थप समय लाग्न सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको मसान्त सम्ममा विद्युतीकरण भूमिगत गर्ने काम सम्पन्न हुनेछ ।”

भरतपुरका ११ किलोमिटर क्षेत्रमा विद्युत भूमिगत गर्न लागिएको हो । एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।रासस

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस