शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • बागमती प्रदेश प्रधानमन्त्री कप महिला छनोटमा काठमाडौं र ललितपुर विजयी
समाचार

बागमती प्रदेश प्रधानमन्त्री कप महिला छनोटमा काठमाडौं र ललितपुर विजयी

चितवन। बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेट महिला छनोट प्रतियोगितामा काठमाडौं र ललितपुरले विजयी सुरुवात गरेका छन् ।

भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा काठमाडौंले भक्तपुरलाई ९४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । काठमाडौंले दिएको १३७ रनको लक्ष्य पछ्याएको भक्तपुर १४ ओभर ५ बलमा ४२ रनमा समेटियो । भक्तपुरका कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

विज्ञापन

श्रीजा घिमिरे ८, एलिशा खड्का ७ तथा पूजा साउद् ३ रना आउट भईन् । भक्तपुरलाई सस्तैमा समेट्ने क्रममा खुशी डंगोल, बिपाशा शाही र यसोदा बिष्टले समान २–२ विकेट हात पारिन् ।

विज्ञापन

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाउदै १३६ रन बनाएको थियो । काठमाडौंका लागि अस्मिता खरेलले सर्वाधिक २८ रन बनाईन् । यस्तै कञ्चन श्रेष्ठले २६ तथा यसोदा बिष्टले २० रन बनाईन् । भक्तपुरकी सोइछ्या खड्का र अनुशा रोकाले समान १-१ विकेट हात पारिन् । २० रन र २ विकेट लिएकी यसोदा प्लेयर अफ दि म्याच भईन् ।

आजको दोस्रो खेलमा ललितपुरले चितवनलाई १ विकेटले हरायो । चितवनले दिएको ८३ रनको लक्ष्य ललितपुरले ८ बल बाँकी हुँदा ९ विकेट गुमाएर भेट्टायो । ललितपुरका लागि सानिया गिरीले ९, मनिषा उपाध्यायले ७ तथा यशु पाण्डेले ४ रन बनाईन् । चितवनकी सन्ध्या थापा र सबिता बिकले २-२ विकेट हात पारिन् ।

त्यस अघि पहिलो ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेटको नोक्सानीमा ८२ रन बनाएको थियो । चितवनका लागि सलिना सिलवालले सर्वाधिक ३१ रन बनाईन् । हेलिशा गुरुङले १८ तथा अनिशा मजाकोटीले ५ रन बनाईन् । ललिपुरकी मनिषा उपाध्याय एक्लैले ४ विकेट लिईन् । मनिषा नै प्लेयर अफ दि म्याच भईन् ।

बागमती प्रदेश खेलकुद परिषद् र नेपाल क्रिकेट संघ बागमती प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगितामा चार टोली सहभागी छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस